२०८०, ६ आश्विन शनिबार
social securities awareness bidur municipality

कार्यपालिकामा भएको तोडफोड निन्दनीय: विदुर नगरपालिका

डबली खबर     श्रावण १८ २०७८ १७:५४

Sanju Pandit Mayor of Bidur Municipality
pratik book and stationery center in nuwakot

नुवाकोट – नेपाली काँग्रेस नुवाकोट तथा बिदुर १३ नं इकाई समितीले बिदुर नगरपालिका वडां १३ मा संघीय सरकारबाट बिनियोजित भएको सुन्तला र कागती पकेट क्षेत्रको लागि छुट्टाईएको बजेट अनियमितता भएको विरोध गर्ने क्रममा कार्यपालिकाको कार्यलयमा तोडफोड भएको थियो । तोडफोडबाट कार्यालयका झ्यालका सिसा र डिजिटल बोर्डमा केहि क्षति पुगेको छ। तोडफोडबाट करिब १ लाखको क्षति पुग्नुको साथै विरोधीकर्ता पक्ष र सुरक्षाकर्मी घाईते भएका थिए ।

विदुर नगरपालिकाको कार्यपालिकामा भएको तोडफोडपछि सोमबारनै नगरपालिकाले प्रेस विज्ञप्ती जारी गरेको छ । विदुर नगरपालिकाका मेयर सञ्जु पण्डितद्वारा हस्ताक्षर प्रेस विज्ञप्तीमा भनिएको छ “डाँकाको शैलीमा प्रस्तुत हुने गरि आफुलाई कथित जनप्रतिनिधि घोषणा गर्दै कुनै पनि किसिमका मौखिक वा लिखित जानकारी समेत प्रस्तुत नगरी दश बिस जनाको लठैतहरु नगरपालिकाको परिसर बाहिर जम्मा गरिराखेको र नियोजित तरिकाले ढुंगामुढा गर्ने तयारी समेत गरेको अवस्थामा प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा प्रवेश गरि आआफ्नाहरु भनाईहरु केहि पनि नराखी खाली ताला लगाउने प्रयोजन भनि लगाउन खोज्ने कार्य गर्न लागेको बखतमा नगर प्रहरीहरुले त्यसो नगर्न पटकपटक आग्रह गरेको र जिल्ला प्रहरी कार्यालय एवं सशस्त्र प्रहैर कार्यालयबाट खटिनुभएका सुरक्षाकर्मीहरुलाई नगरपालिकामा काम छ भनि प्रवेश गरि दानवीय व्यवहार प्रस्तुत गरेकोमा सम्पूर्ण नगरपालिका परिवार खेद व्यक्त गर्दछ । साथै लोकतान्त्रिक मुल्य मान्यतानुसार आफं मागहरुको शान्तिपूर्ण रुपमा ज्ञापन पत्र बुझाउने तथा नगरपालिकाभित्र भएका गतिविधिको सत्यतथ्य थाहा पाउन सक्ने विभिन्न विधिहरु छलि गर्दै जुन किसिमका अमानवीय कार्यहरु गरेको देखिन्छ।”

प्रेस विज्ञप्ति

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020
Bachchhaladevi Suppliers
Nuwakot FM 106.MHz
Radio Sanjiwani
Radio Langtang

Top