२०८१, ७ बैशाख शुक्रबार

स्काभेटर र आईचर कारवाहीमा

डबली खबर     श्रावण १९ २०७८ १२:५४

arrested to two Eicher vehicle
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट – नदिजन्य पदार्थको उत्खनन् तथा संकलन गर्न तीन महिना रोक लगाएकोमा उक्त नियम उल्लंघन गर्ने एक स्काभेटर र दुई आईचरलाई नुवाकोट प्रहरीले नियन्त्रणमा लिएको छ ।

उत्खनन् गर्न नपाउने निर्णयको अवेज्ञा गर्दै सोमबार नदिजन्य पदार्थ संकलन तथा ओसारपसार गर्ने बा५ख ७१४३ र बा५ख ९३२ नम्बरको आईचर र आईचर चालकलाई कारवाही गरी जिल्ला समन्वय समितिमा बुझाईएको नुवाकोट प्रहरीले जनाएको छ ।

ती आईचरहरुलाई लिखु गाउँपालिका वडा नं.३ ३ गड्खार पुल स्थित लिखु खोलाबाट नदिजन्य पदार्थ बालुवा अबैध रुपमा उत्खनन् गरी लोड गरिरहेको अबस्थामा फेला पारेको र आवश्यक कारबाहीको प्रक्रिया अघि बढाईएको प्रहरीले जनाएको छ ।

यस्तै, गत बिहिबार ककनी गाउँपालिकाका वडा नं.३ घुमाउनेस्थित कोल्पु खोलाको किनारमा अवैध रुपमा नदिजन्य पदार्थ (बालुवा) उत्खनन् गरिरहेको अबस्थामा स्काभटेर नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागी जिल्ला समन्वय समितिको कार्यालय नुवाकोटमा पठाईएको प्रहरीले जनाएको छ । साथै चालकलाई समेत कानुनी कारबाहीको प्रकृया अगाडी बढाईएको छ ।

गत जेष्ठ ३१ गते बसेको जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङ ज्यूको अध्यक्षतामा बसेको ढुङ्गा, गिट्टि, बालुवा उत्खनन्, बिक्रि तथा व्यबस्थापन सम्बन्धी बैठकको निर्णयानुसार असारदेखि भाद्र मसान्तसम्म नदिजन्य पदार्थको अबैध रुपमा उत्खनन्, संकलन तथा ओसारपसार गर्न नपाईने र गरेको पाईएमा नुवाकोट जिल्लामा नदिजन्य तथा खानिजन्य पदार्थको अनुगमन तथा व्यबस्थापन सम्बन्धी कार्यबिधी, २०७७ बमोजिम कारबाही गरिने निर्णय गरिएको थियो ।

नुवाकोट जिल्ला नदिजन्य तथा खानीजन्य पदार्थको अनुगमन तथा व्यवस्थापन सम्बन्धि कार्यविधि २०७७ अनुसार ट्रयाक्टरमा ओसारपसार गरेमा रु.१० हजार, मिनीट्रकमा ओसारपसार गरेमा रु.२० हजार, ट्रीपरमा ओसारपसार गरेमा रु.२५ हजार, व्यकहोलोडरले उत्खनन गरेकोमा रु.४० हजार र स्काभेटर उत्खनन गरेकोमा रु.५० हजार जरिवाना हुनेछ । यस्तै, एकपटक जरिवाना तिरेको सवारीसाधन/मेसिनरी औजारले पुन: अवैध ओसारपसार/उत्खनन गरेको पाईएमा पटकैपिच्छे पहिलेकोभन्दा दोब्बर जरिवाना हुनेछ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top