+
Search

ताजा अपडेट +

पपुलर +

नदीजन्य उत्खनन गर्न तीन महिना रोक

Riverine excavation in Nuwakot
डबली खबर
४ साल अगाडी

विदुर – नुवाकोटका नदिहरुबाट नदिजन्य पदार्थ उत्खनन गर्न असार १ गतेदेखि भदौमसान्तसम्म रोक लगाएको छ ।

जिल्ला अनुगमन तथा समन्वय समिति नुवाकोटको सोमबार बसेको बैठकले नदिजन्य पदार्थ उत्खनन गर्नेलाई मुद्दा लगाउने निर्णय गरेको हो।

जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तामान तामाङको संयोजकत्वमा बसेको प्राकृतिक स्रोत साधनको बैठकले असारदेखि असोजसम्म नदी उत्खनन् गर्न नपाउने निर्णय गरेको छ ।

नुवाकोट जिल्लाभर संचालनमा रहेका त्रिशूली, तादी, लिखु, फलाखु, सलाखु, सामरी, शान्तिबजार कोल्पु लगायतका खोलाबाट बालुवा, ढुङ्गा, गिट्टी लगायतका सामग्री उत्खननमा पूर्ण निषेध गर्नुका साथै उत्खनन गर्ने सामान बगरमा लगे पनि त्यस्तो कार्य आपराधिक मानेर नियन्त्रण गर्न प्रहरी परिचालन गरिने निर्णय भएको बताइएको छ ।

जेठमसान्तसम्म उत्खनन गरेको सामाग्रीलाई स्टक प्रमाणित गरि बिक्री वितरण गर्न पाइनेछ। सोहिअनुसार जिल्लाका सबै स्थानीय तहहरुले प्रत्येक ३/३ महिनामा समन्वय समितिमा अनुगमन र प्रतिवेदन बुझाउने निर्णय भएको छ ।

बैठकबाट १२ वटै स्थानीय तहगत पर्ने नदिहरुमा कसैले हाते औजार र मेसिन प्रयोग गर्न पूर्ण रुपमा रोक लगाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ