sujim bazar advert

मध्यम तथा लामो दुरीका यातायात सञ्चालनमा सहजीकरण गर्न गृह मन्त्रालयको परिपत्र

डबली खबर     साउन ७, २०७८

Sizen Education Consultancy Pvt. Ltd.

Home Ministry Nepal
Big Education Consultancy Nuwakot
Dengue Notice PHO Nuwakot

नुवाकोट – गृह मन्त्रालयले मध्यम तथा लामो दूरीका सार्वजनिक यातायात सञ्चालनका लागि सहजीकरण गर्न परिपत्र गरेको छ।

७७ जिल्ला प्रशासन कार्यालयलाई पत्र पठाएर गृहले मध्यम तथा लामो दुरीका सार्वजनिक यातायात सञ्चालन गर्न आवश्यक सहजीकरण गर्न निर्देशन दिएको छ।

गृहका शाखा अधिकृत रामबहादुर केसीले पठाएको परिपत्रमा त्रिभुवन विश्वविद्यालय तथा लोक सेवा आयोगलगायत निकायबाट परीक्षा कार्यक्रम सार्वजनिक भएकोले देशका विभिन्न भागबाट परीक्षार्थीहरूको आवागमन समेतलाई ध्यानमा राखेर जनस्वास्थ्यका मादपण्डको पूर्ण पालना गरेर मध्यम र लामो दुरीका सार्वजनिक यातायात सञ्चालनमा सहजीकरण गर्न निर्देशन दिइएको छ।

साउन ४ मा मन्त्रिपरिषद बैठकबाट सार्वजनिक यातायात सञ्चालनका लागि आवश्यक निर्णय भएको उक्त पत्रमा उल्लेख छ।

कोरोना महामारी वृद्धिपछि गत वैशाखदेखि काठमाडौं उपत्यकाभित्र बाहिरी जिल्लाबाट यात्रुबहाक बस आउन दिइएको छैन। काठमाडौं उपत्यकाभित्र भने सार्वजनिक बस सञ्चालनमा आइसकेका छन्।

नुवाकोट प्रशासनद्वारा जारी गरिएको सूचना

यातायात_सूचना.jpg
Vim Bar Ek Chamcha Vim Sabi Bhanda Huncha Clean
bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top