२०८१, १४ बैशाख शुक्रबार

मतदाता नामावली सङ्कलन तथा अद्यावधिक सुचारु

डबली खबर     श्रावण ३ २०७८ ०७:१५

election commission nepal nuwakot trishuli web
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट – निर्वाचन आयोगले मतदाता नामावली संकलन तथा अद्यावधिक कार्य सुचारु भएको जनाएको छ ।

आयोगले शुक्रबार विज्ञप्ति जारी गर्दै सर्वोच्चको आदेश बमोजिम प्रतिनिधिसभा पुनर्स्थापना भएका कारण पुर्वमितिमा निर्वाचन नहुने भन्‍दै मतदाता नामावली संकलन तथा अद्यावधिक कार्यलाई सुचारु गरेको जनाएको हो ।

trishuli web design

विज्ञप्तिमा भनिएको छ, ‘सम्मानित सर्वोच्च अदालतको मिति २०७८-०३-२८ गतेको आदेश बमोजिम प्रतिनिधि सभा पुनर्स्थापना भएको कारण पूर्व घोषित मितिमा निर्वाचन नहुने भएकोले मिति २०७८-०४-०३ गतेदेखि निर्वाचन कार्यालयहरूबाट मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यलाई सूचारू गर्ने गरी आयोगबाट मिति २०७८-०४-०१ मा निर्णय भएको छ ।’

यसअघि गत जेठ ७ गते राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेर पहिलो चरणमा कार्तिक २६ गते र दोस्रो चरणमा मंसीर ३ गते निर्वाचन मिति तोकेपछि आयोगले मतदाता नामावली सङ्कलन तथा अद्यावधिक जेठ ९ गते स्थगित गरेको थियो ।

आवश्यक कागजातहरू :
१. नयाँ मतदाताका लागि –
क. नागरिकताको प्रमाणपत्र (सक्कल)

२. सच्याउनुपर्नेका हकमा
क. नागरिकताको प्रमाणपत्रको प्रतिलिपी
ख. मतदाता परिचयपत्रको प्रतिलिपी

३. ठाउँ सारी गर्नुपर्नेका हकमा
क. एउटै गाउँ/नगर पालिकाको अर्को वडामा सार्न-
अ. वडा कार्यालयबाट स्थायी रूपमा बसोबास गरेको सिफारिस पत्र
आ. नागरिकताको प्रमाणपत्रको प्रतिलिपी
इ. मतदाता परिचयपत्रको प्रतिलिपी

ख. एउटा पालिकाबाट अर्को पालिकामा तथा एउटा जिल्लाबाट अर्को जिल्लामा सार्न-
अ. बसाइँसराइको प्रमाणपत्रको प्रतिलिपी
आ. नागरिकताको प्रमाणपत्रको प्रतिलिपी
इ. मतदाता परिचयपत्रको प्रतिलिपी

  • सबै कार्यका लागि व्यक्ति स्वयं उपस्थित हुनुपर्नेछ ।
  • विवाह गरी ठाउँ सार्नुपर्नेका हकमा विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपी पनि आवश्यक पर्छ ।
  • १६ वर्ष उमेर पूरा भएकालाई नागरिकताको प्रमाणपत्र बनाउन लगाऔँ । सँगै जिल्ला निर्वाचन कार्यालयमा गएर मतदाता नामावलीमा नाम समावेश गर्न लगाऔँ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top