+
Search

ताजा अपडेट +

पपुलर +

बजेट सुनिश्चित

डबली खबर
२१ घण्टा अगाडी

३ जेठ,  नुवाकोट । नेपाल सरकारले रानीपौवा–पिपलटार सडकखण्ड स्तरोन्नतिको लागि ७६ करोड रुपैयाँ बजेट सुनिश्चित भएको छ ।

लामो समयदेखि जीर्ण बनेको अवस्थामा रहेको सडकको करिब १० वर्षदेखि थलिएको सडक निर्माणलाई गति दिने अपेक्षा गरिएको हो ।

यसअघि चालु आर्थिक वर्षमा विनियोजित १९ करोड रुपैयाँबाट ककनी–पिपलटार–तादीपुल खण्डमा मात्र काम हुने गरी ठेक्का प्रक्रिया अघि बढाइएको थियो। तर बेलकोटगढी क्षेत्रमा काम नपर्ने अवस्था देखिएपछि नागरिकको निरन्तर दबाबपछि बजेट सुनिश्चित भएको जनाएको छ ।

यो सडक राजधानी काठमाडौँबाट नुवाकोट प्रवेशको पहिलो राजमार्ग हो। जसको ट्रयाक वि. सं. २०१२ सालमा खोलिएको थियो।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ