+
Search

ताजा अपडेट +

पपुलर +

सडक अवरुद्ध

chhahare road strike
डबली खबर
५ महिना अगाडी

२१ कत्तिक, नुवाकोट । टोखा-छहरे सडकखण्ड अन्तर्गत छहरेस्थित सडक मर्मत सम्भारको लागि स्थानीयले सडक अवरुद्ध गरेका छन् ।

लिखु गाउँपालिका-६ छहरेस्थित स्थानीयले सडकमा परेका खाडल, बिग्रिएको, धुलोको कारण आवतजावतमा असहज भएको र समयमा मर्मत सम्भार गर्नुपर्नेलगायतका माग राख्दै स्थानियहरुले सडक अवरुद्ध गरेका हुन् ।

जिल्ला ट्राफिक कार्यालय नुवाकोटले वैकल्पिक मार्गको लागि त्रिशूलीबाट काठमाडौं जानको लागि देविघाट-गल्छी हुँदै काठमाडौं र काठमाडौंवाट त्रिशुली आउनका लागि नागढुङ्गा- खानीखोला-गल्छि हुँदै आउन सकिने जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ