+
Search

ताजा अपडेट +

पपुलर +

अनलाइनमै पालिकास्तरीय शैक्षिक अन्तरक्रिया

room to read and rudec nepal organized online education interaction program in Nuwakot
डबली खबर
४ साल अगाडी

नुवाकोट – निशेधाज्ञा जारी रहेको समयमा नुवाकोटमा अनलाईनमै पालिकास्तरीय शैक्षिक अन्तर्क्रिया कार्यक्रम भएको छ ।

रुडेक नेपालका संस्थापक अध्यक्ष मीनकुमार केसीको सभापतित्वमा सञ्चालन भएको कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई प्रमुख अर्जुनबहादुर श्रेष्ठको प्रमुख आतिथ्यतामा रहेको थियो।

ग्रामीण विकास तथा शशक्तिकरण केन्द्र (रुडेक नेपाल)को आयोजनामा भएको कार्यक्रममा १२ वटै स्थानीय तहका शिक्षा प्रमुखहरुको सहभागिता रहेको रुडेक नेपाल नुवाकोटका साक्षरता कार्यक्रम संयोजक फुर्वा घलेले जानकारी दिए ।

कार्यक्रममा सहभागीहरुले निशेधाज्ञाको अवधिमा आ-आफ्नो पालिका अन्तर्गत भएका शैक्षिक गतिविधिहरु, चुनौति र आगामी योजनाहरु प्रस्तुत गरेका थिए । यस्तै, रुम टु रिड र रुडेक नेपालको तर्फबाट निशेधाज्ञा अवधिमा सञ्चालन गरिएका कार्यक्रम कार्यान्वयन रणनीति, सिकाई, चुनौति र भावी योजनाहरु प्रस्तुत गरेको थियो ।

कार्यक्रममा वैकल्पिक शिक्षा अन्तर्गत अनलाइन कक्षा, टोल शिक्षा, रेडियो स्कुल कार्यक्रम, अभिभावक शिक्षा, फोन पाठशाला, परियोजनाकार्य, विभिन्न शैक्षिक सामग्री निर्माण र वितरण, गृहकार्य, पाठ्यपुस्तक वितरणलगायतका विषयमा छलफल भएको थियो ।

कार्यक्रम जिल्ला शिक्षा विकास तथा समन्वय इकाइ नुवाकोटको समन्वय र रुम टु रिडको प्राविधिक सहयोग रहेको थियो ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ