२०८०, ११ आश्विन बिहीबार
social securities awareness bidur municipality

मध्यावधि निर्वाचनको कार्यतालिका सार्वजनिक

डबली खबर     असार २१ २०७८ १५:०७

election commission nepal nuwakot trishuli web
pratik book and stationery center in nuwakot

काठमाडौं – आउँदो कार्तिक र मंसिरका लागि तोकिएको मध्यावधि चुनावको लागि कार्यतालिका तयार भएको छ । निर्वाचन आयोगले आज सोमबार चुनावको उम्मेदवारी दर्ता, मतदान लगायतका तालिका सार्वजनिक गरेको छ।

कार्यतालिका अनुसार पहिलो चरणमा हुने चुनावका लागि असोज २० र २१ गते उम्मेदवार दर्ता हुनेछ । असोज २० गते सङ्घ, प्रदेश र पालिकामा प्रतिनिधित्व गर्ने दलका उम्मेदवारले र २१ गते अन्य दल तथा स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दर्ता गर्नुपर्नेछ । यस्तै दोस्रो चरणको चुनावको लागि उम्मेदवारी दर्ता असोज ३१ र कात्तिक १ मा गर्ने तयारी छ ।

३१ गते सङ्घ, प्रदेश र पालिकामा प्रतिनिधित्व गर्ने दलका उम्मेदवारले र कार्तिक १ गते अन्य दल तथा स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दर्ता गर्नुपर्ने तयारी छ ।

पहिलो चरणको चुनाव कार्तिक २६ गते र दोस्रो चरणको चुनाव मंसिर ३ गते हुने छ । असार ३१ गतेदेखि निर्वाचन अवधि सुरु हुने आयोगले जनाएको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020
Bachchhaladevi Suppliers
Nuwakot FM 106.MHz
Radio Sanjiwani
Radio Langtang

Top