२०८१, १४ बैशाख शुक्रबार

नुवाकोटमा थप १५ जना संक्रमित निको भए, ६५ जना थपिए, सक्रिय सङ्क्रमित ६२७

डबली खबर     बैशाख २९ २०७८ १५:१२

nuwakot coronavirus covid19 update
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट – पछिल्लो २४ घण्टामा १५ जना संक्रमितले कोरोना जितेर घर फर्किएका छन् । योसँगै निको हुनेको सङ्ख्या १ हजार २४९ पुगेको छ ।

स्वास्थ्य कार्यालयको तथ्यांकअनुसार सङ्क्रमित हुनेमा विदुर नगरपालिकाका १९ जना, बेलकोटगढीका ७ जना, तारकेश्वर गाउँपालिकाका २६ जना, किस्पाङ ६ जना, म्यागङ र पन्चकन्याका २/२ जना, लिखु, तादी र शिवपुरीकाका १/१ जना रहेका छन् ।

हाल जिल्लामा ६२७ जना सक्रिय कोरोना सङ्क्रमित बिरामी रहेको स्वास्थ्य कार्यालयका सूचना अधिकारी उत्तमराज खनालले जनाकारी दिए । जसमा ४४ जना अस्पताल, ४ जना सेन्टरमा र ५७९ होम आइसोलेसनमा उपचारत रहेका छन् ।

तथ्यांकअनुसार जिल्लामा कोरोनाबाट तीन जनाको मृत्यु भएको छ भने १ हजार ८८० कोरोना सङ्क्रमित भएका छन् ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top