+
Search

ताजा अपडेट +

पपुलर +

कोभिड-१९ विरुद्धको खोप सेवा सञ्चालन अवधि दुईदिन थप

First round vaccine against Covid 19
डबली खबर
५ साल अगाडी

नुवाकोट – स्वास्थ्य कार्यालयकाअनुसार दोस्रो चरणको कोभिड-१९ विरुद्धको खोप सेवा सञ्चालन दुईदिन अवधि थप गरिएको छ ।

खोप सेवा यहि चैत्र २ र ३ गते दुईदिन अवधि थप गरिएको स्वास्थ्य कार्यालयका बरिष्ठ जनस्वास्थ्य प्रशासक सगरप्रसाद घिमिरेले जानकारी दिए । खोप केन्द्र त्रिशुली अस्पताल कोलेनीमा सञ्चालन हुनेछ ।

यसअघि ५५ वर्षदेखि उमेरका सबै जेष्ठनागरिकलाई लक्षित गर्दै फाल्गुण २३ गतेदेखि चैत्र १ गतेसम्म सञ्चालन भएको खोप अभियान सञ्चालन भएको थियो । खोप लगाउन जिल्लाभर ४५० खोप केन्द्र, २६० खोप कार्यकर्ता र एकहजार ३५० स्वयसेवकको टोली परिचालन गरिएको थियो ।

अवधि थप भएकोमा छुट भएका ६५ वर्ष उमेरभन्दा बढी उमेरका व्यक्तिहरु, स्वास्थ्यकर्मी, महिला स्वयंसेविका, सरसफाईकर्मी, एम्बुलेन्स चालक, सरकारी तथा सार्वजनिक कार्यालयका कर्मचारी, स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारी, सञ्चारकर्मी, बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुलाई पहिलो खोप लिन अनुरोध गरेको छ । खोप लगाउन आउँदा आफ्नो परिचय खुल्ने नागरिकता वा परिचयपत्र सहित खोप लगाउन भनिएको छ ।

तथ्यांकअनुसार नुवाकोटमा अहिलेसम्म १७ हजार ८५२ जनाले कोभिड-१९ विरुद्धको खोप लगाई सकेका छन् । पहिलो चरणमा तीनहजार ३८६ र दोस्रो चरणमा ११ हजार ४६६ जनाले खोप लगाए ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ