२०८१, ८ बैशाख शनिबार

तीन निजी विद्यालय मर्जरपछि आजदेखि एकीकृत अध्यापन

सुनील श्रेष्ठ     पुष २० २०७७ १३:०६

private school merge in nuwakot jd boarding bhairavi academy apical school
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट – गुणस्तरीय शिक्षालाई प्रभावकारी बनाउने उद्देश्यले विदुर नगरपालिका क्षेत्रका तीन निजी विद्यालयहरु गाभिएका छन् । भैरवी एकेडेमी, जे.डि. बोर्डिङ सेकेण्डरी स्कूलअपिकल स्कूल मर्जपश्चात् विद्यालयले आजदेखि एकीकृत पठनपाठन सुरु गरेको छ ।

अत्यन्त कम सङ्ख्यामा विद्यार्थी भएको सामुदायिक विद्यालयलाई नजिकै रहेको विद्यालयसँग गाभ्ने सरकारको निति रहेतापनि नुवाकाेटमा भने तीन निजी विद्यालयहरु मर्ज भएको हो ।

देविघाट जलविद्युत प्राधिकरणको स्वामित्वमा रहेको जे.डि. सेकेन्डरी बोर्डिङ स्कुलको नयाँ भवनबाट तिनै विद्यालयको सहमति अनुसार सोमबारदेखि एकीकृत अध्यापन सुरु गरिएको विद्यालय सञ्चालक समितिका अध्यक्ष पवन नेपालले बताए ।

“विद्यालय मर्जरले नुवाकोटको शिक्षा क्षेत्रमा नयाँ आयाम छाउने छ”, उनले भने “सम्भवत: जिल्लामै पहिलोपटक गुठीद्वारा सञ्चालित विद्यालयमा निजी विद्यालयहरु एकआपसमा गाभिएको हो। सम्झौताअनुसार विद्यालयमा शैक्षिक गुणस्तरीयता कायम हुने विश्वास लिएका छौँ । विद्यालय व्यवस्थापनको अध्यक्ष र शिक्षक/शिक्षिका भैरवी एकेडेमीकै रहने सहमति भएकाे छ । मर्जपश्चात् जे.डि. सेकेन्डरी बोर्डिङ स्कुलकै नाम रहने गरी सञ्चालन भएकाे छ ।”

“आगामी शैक्षिक सत्रदेखि कक्षा ११ र १२ को अध्यापन अंग्रेजी माध्यमबाट गराईने योजना रहेको छ। विद्यालयले उच्च माध्यमिक तहका व्यवस्थापन, विज्ञान संकायको साथै भेटेनरी र कृषि विषयका अध्यापन गराईने छ”, उनले भने “महाभूकम्पले क्षति पुर्‍याएको विद्यालय भवनको पुन:र्निर्माणपछि अहिले सञ्चालनमा आएको नयाँ भवनले विद्यालयको भौतिक संरचना नै फेरिदिएको छ।”

विद्यालय मर्जले पूर्णता पाएपछि पौष १२ गते नै नयाँ सञ्चालक समिति विस्तार गरेको थियो । शान्त वातावरणमा विद्यालय सञ्चालन हुदाँ पठनपाठनमा समेत सहज हुने अपेक्षा लिएकाे छ ।

कोभिड-१९ ले विश्वलाई नै आक्रान्त बनाएकोमा लामो समयदेखि भौतिक रुपमा विद्यालय बन्द गर्नुपरेको थियाे भने आर्थिक भार समेत पनि व्यहोर्नु परेको विद्यालयका नवनियुक्त प्रधानाध्यापक ठाकुर पुडासैनीले बताए ।

“गुणस्तरीय शिक्षा प्रदानका लागि एउटा सुविधा सम्पन्न पूर्वाधारयुक्त शैक्षिक संस्था यस जे.डि. सेकेन्डरी बोर्डिङ स्कुलमा रहेको छ”, उनले बताए “विद्यालय मर्जको अवसरमा शैक्षिकसत्रको माघ १ गते देखि प्रति महिना हरेक विद्यार्थीको मासिक शुल्कमा ५० रुपैयाँ छुट गरिएको छ।”

प्राधिकरणका कर्मचारीका बालबालिकाहरुलाई पठनपाठन गराइने उदेश्यले ०४३ सालमा स्थापित उक्त विद्यालयमा केहि वर्ष यता विद्यार्थीको कमि हुन गएको थियो । प्राधिकरणका प्रमुख सुरज दाहालको सहकार्यमा जेडी स्कुलमा भएको भौतिक संरचना तथा विद्यालयलाई जीवन्त राख्न र महामारीले आक्रान्तको भारमा परेको विद्यालयलाई उकास्नुको साथै जिल्लामा गुणस्तरीय शिक्षा प्रदान गर्नको लागि विद्यालयका सञ्चालकहरूको सहमतिमा मर्ज भएकाे विद्यालयले जनाएको छ ।

विद्यालयले प्राधिकरणका कर्मचारीका बालबालिकाहरुलाई यसअघि दिदैं आईरहेको १० प्रतिशत छुटलाई निरन्तता दिईने जनाएको छ ।

अहिले विद्यालय मर्जपछि विद्यालयमा ४५० विद्यार्थीहरु अध्ययनरत रहेको विद्यालयले जनाएको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top