२०८१, १४ बैशाख शुक्रबार

संगम सहकारीको निक्षेप २० करोड ४५ लाख

डबली खबर     पुष १० २०७७ ११:५९

sangam sahakari agm 2077
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

बट्टार, नुवाकोट – संगम बचत तथा ऋण सहकारी संस्थाले आव २०७६/७७ मा २० करोड ४५ लाख ५२ हजार ६५७ रुपैंयाँ निक्षेप सङ्कलन गरेको छ ।

बिहिबार आयोजित १६औं बार्षिक साधारण सभामा सहकारीका अध्यक्ष नारायण श्रेष्ठले गत वर्षभन्दा यसबर्ष १७.५२ प्रतिशतले वृद्धि भएको बताए । यस्तै ऋण लगानीमा १०.५१ प्रतिशतले वृद्धि भइ १७ करोड ७० लाख ३० हजार ५६७ पुगेको छ ।

संस्थालाई जिल्लाकै नमुना संस्थाको रुपमा स्थापित गर्नको लागि नीति, विधि र प्रविधिको माध्यमबाट अघि बढाउदै लगिने रणनीति लिएको बताए । समय सापेक्ष प्रविधिको प्रयोग, गरिबी निवारणसँग सम्बन्धित युवा तथा महिला सदस्यहरुका लागि सिपमूलक तथा क्षमता अभिवृद्धि सम्वन्धि कार्यक्रम, निजी क्षेत्र, विद्यालयहरुमा वित्तीय साक्षरता कक्षा सञ्चालन कार्यक्रम, उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गरिने बताए ।

समारोहका प्रमुख अतिथी विदुर नगरपालिकाका मेयर सञ्जु पण्डितले नगर क्षेत्रभित्र संचालनमा रहेका एउतै प्रकृतिका सहकारीहरुका सेयरसदस्यहरुको लगानी सुरक्षित राख्नको लागि सहकारी एन २०७४ को विधान अनुसार सहकारी मर्जरमा जानुपर्ने बताए । नगरका सहकारीहरुको नियमन गर्न नगरपालिकाले सहकारी शाखा संचालनमा ल्याएको जानकारी दिए ।

कार्यक्रममा सहकारीका सेयर सदस्य तथा नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित जिल्ला तथा नगर केन्द्रिय सदस्य राजन श्रेष्ठ सम्मान गरेको छ । कार्यक्रममा बोल्दै श्रेष्ठले त्रिदेशीय मार्गको रुपमा स्थापित हुँदै गर्दा नुवाकोट जिल्लालाई औद्योगिक क्षेत्रको रुपमा स्थापनाको गर्नको केन्द्रस्तरमा लागि आफु लागिपरेको बताए । जिल्लाकै सुन्दर तथा व्यवसायिक शहरको रुपमा विदुर नगरपालिकालाई स्थापित गर्नको लागि व्यावसयिक कर तथा राजश्वमा नगरपालिकाले नियमन गर्नुपर्ने बताए। साथै नगरपालिकाले निजी व्यवसायी संगठनसँग समन्वय गरेर घरदैलो कार्यक्रम मार्फत राजश्व बढाउन सकिने बताए ।

कार्यक्रमा जिल्ला सहकारी संघका कार्यसमिति सदस्य नविन्द्रमान प्रधानले सहकारीले आफ्नो सेयर पुँजीभन्दा लगानी पुँजी बढीको कारोबार गर्दा कारोवार धरासायी हुने भएकोले त्यसलाई मध्यनजर कारोबार गर्नुपर्ने बताए । नगरले स्थापना गरेको मेयर लघुवित्त कार्यक्रम कार्यन्वयनको लागि उत्कृष्ठ तथा कुशल व्यवसायी तथा कृषक पहिचान गरि आवश्यक पर्ने पुँजी सहजीकरणको लागि प्रोत्साहन स्वरूप निशुल्क उपलब्ध गराउनुपर्ने बताए ।

कार्यक्रममा सहकारीका कोषाध्यक्ष दिनेशकुमार श्रेष्ठले बजेट, कार्यक्रम तथा आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

सहकारीले साधारणसभाको अवसरमा आव २०७६/७७ मा उत्कृष्ठ बचतकर्ता, कारोबार, नानीबाबु बचतकर्ता र कर्मचारीलाई सम्मान गरेको थियो ।

संगम सहकारीले गर्‍यो शेयर सदस्यहरुको कोरोना बिमा

संगम सहकारीद्वारा विदुर नगरपालिकाको राहत कोषमा रु ५५ हजार ५ सय ५५ सहयोग


संगम सहकारीद्वारा पानी ट्यांकी र कार्पेट वितरण

संगम दौड प्रतियोगितामा सुजन र योगिता प्रथम

Image may contain: 4 people, people standing
Image may contain: 3 people, people standing
Image may contain: 5 people, people standing, text that says 'संगम बचत तथा ऋण सहकारी संस्था SAM SAVING & CREDIT CO-OPERATIVE SOCIETY ६3 3 र्षिक સયાત रण 6th GEN ME'

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top