२०७७, ७ आश्विन बुधबार

संगम सहकारीद्वारा पानी ट्यांकी र कार्पेट वितरण

डबली खबर     पुष १५ २०७६ १७:०७



water tank distributed sangam cooperative nuwakot members

विदुर / आज संगम बचत तथा ऋण सहकारी संस्थाले माझीटारस्थित बौद्धिक अपाङ्गता प्रारम्भिक विद्यालयलाई पानी ट्यांकी र कार्पेट सामग्री वितरण गरी आफ्नो २३ औं वार्षिकोत्सव मनाएको छ ।

सहकारीका अध्यक्ष नारायण श्रेष्ठले विद्यालयका प्रधानाध्यापक  टिकाराम खरेल मार्फत् हस्तान्तरण गर्नुभएको हो ।

अध्यक्ष श्रेष्ठले विद्यालयको आवश्यकता अनुसार सहकारीले वार्षिकोत्सवको अवसरमा उक्त सामग्री प्रदान गरिएको बताउनुभयो । सामाजिक उत्तरदायित्व बहन गर्दै विद्यालयमा आवश्यक १००० लिटरको पानी ट्यांकी र एक कोठामा आवश्यक कार्पेट प्रदानको साथै बिछ्याइदिएको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।

सहकारीले गत कार्तिकमा साधारणसभाको अवसरमा “स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद” संगम दौड प्रतियोगिता आयोजना गरेको थियो । प्रतियोगितामा छात्रतर्फ भीमसेन माविका सुजन राई र छात्रातर्फ च्वाडी माविका योगिता तामाङ प्रथम भएका थिए।

गत वर्ष सहकारीले विदुरस्थित आमाको माया छात्रावासमा खाना पकाउनको लागि भाँडाकुँडा, थाल, चम्चा, गिलास वितरण गरेको थियो ।

२०५३ पौष १५ गते स्थापना भएको सहकारीले गत वर्ष आफ्नै भवनदेखि सेवा तथा कारोबार गर्दै आईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?



प्रतिक्रिया




Top