२०८०, १६ चैत्र शुक्रबार

झोला र मास्क बनाउने तालिम

डबली खबर     मंसिर २४ २०७७ १३:४०

putali chautara kakani training
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

ककनी, नुवाकोट – लैङ्गिक हिंसा विरुद्धको १६ दिन अभियानलाई ककनी गाउँपालिकाले महिलाहरुलाई झोला र मास्क बनाउने तालिम दिएर मनाएको छ ।

ककनी गाउँपालिका वडा नं. ८ मा रहेको पुतली चौतारा कृषि सहकारी संस्थामार्फत् आफ्ना २१ जना महिला सदस्यहरुलाई महिलाले बोक्ने झोला र मास्क बनाउने तीन दिने तालिम दिएको गाउँपालिकाको उपाध्यक्ष सिता खतिवडाले जानकारी दिए ।

सहकारीका अध्यक्ष दिपक श्रेष्ठको अनुसार लैङ्गिक हिंसा रोक्नेका लागि महिलालाई आर्थिक रुपमा सम्पन्न बनाउन सिपमूलक तालिम दिइएको हो । सीप सिकेका महिलाहरुले व्यावसासियक रुपमा झोला र मास्क बनाउन सुरु गर्ने बताए ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top