+
Search

ताजा अपडेट +

पपुलर +

पञ्चकन्यामा १० शय्याको अस्पताल भवन शिलान्यास

डबली खबर
५ साल अगाडी

नुवाकोट – पञ्चकन्या गाउँपालिकाको घलेभञ्याङ्गमा १० शय्याको अस्पताल भवन शिलान्यास गरिएको छ।

नेपाल सरकारले आज देशभरिका ३९६ अस्पतालको एकै साथ उद्घाटनको तयारी गरेसँगै नुवाकोट जिल्लामा पनि ६५ शय्यासहित पाँच गाउँपालिकामा अस्पताल उद्घाटन हुन लागेका हुन् ।

भद्रटारमा निर्माण हुने भनिएतापनि घलेभञ्याङ्गमा स्वास्थ्य भवनको नुवाकोट निर्वाचन क्षेत्र न. १ का संघिय सांसद हीतबहादुर तामाङले गरेका हुन्।

भौगोलिक विकटता कारण भद्रुटारबाट स्थान परिवर्तन गरी घलेभञ्याङ्गमा अस्पताल निर्माण हुने गरी निर्णय संशोधन भएको गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङले जानकारी दिए।

उद्घाटन समारोहमा बागमति प्रदेशका उपसभामुख राधिका तामाङको विशेष आतिथ्य रहेको थियो ।

ककनी गाउँपालिकाको ककनी प्राथमिक स्वास्थ्य केन्द्र, स्थानीय तहले तोकेको स्वास्थ्यचौकी, तारकेश्वर गाउँपालिकाको दानसिङ स्वास्थ्यचौकी, शिवपुरी गाउँपालिकाको महाकाली स्वास्थ्य चौकीमा १०/१० शय्याको अस्पताल स्थापना हुदैंछ । साथै म्यागङ गाउँपालिकाको देउराली प्राथमिक स्वास्थ्य केन्द्रमा १५ शय्याको अस्पताल स्थापना हुदैंछ ।

१० शय्याको अस्पतालमा दुई मेडिकल अधिकृतसहित १७ स्वास्थ्यकर्मी र १५ शय्याको अस्पतालमा तीन मेडिकल अधिकृतसहित २७ स्वास्थ्यकर्मीको व्यवस्था गर्ने सरकारको योजना छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नयाँ बन्ने सबै अस्पतालहरु एउटै डिजाइनका हुनेछन् । अस्पतालहरु दुई वर्षभित्र निर्माण सम्पन्न गरिसक्ने लक्ष्य छ । 

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ