sujim bazar advert

हरिजङ्ग पाण्डेको काठे लोक दोहारी ‘फुर फुर नाँच’ सार्वजनिक

डबली खबर     अशोज ३०, २०७७

Sizen Education Consultancy Pvt. Ltd.

hari jung pandey music video released
Big Education Consultancy Nuwakot
Dengue Notice PHO Nuwakot

नुवाकोटका लोक गायक हरिजङ्ग पाण्डेको काठे लोक दोहारी ‘फुर फुर नाँच’ गीतको म्युजिक भिडिओ सार्वजनिक भएको छ । 

गायक पाण्डे र संगमजंग थापाको संयुक्त शब्द रचना रहेको गीत ‘फुर फुर’को म्युजिक भिडिओ शुक्रबार नागबेली मिडिया हाउसको युटुब च्यानल मार्फत सार्वजनिक भएको छ। 

गीतमा गायक पाण्डे, गंगा ठकुरी र शितल पाण्डेको स्वर रहेको छ।  दिनेश श्रेष्ठले संगीतवद्द गरेको यस गीतलाई तिलक वलीले यस गीतलाई संगीत संयोजन गरेका हुन्।  

नुवाकोटको विदुर नगरपालिकामा नव निर्मित गङ्गटे पार्क र भैरवी मन्दिरमा छायांकन गरिएको भिडिओमा राजकुमार त्रिपाठी र निशा भट्टको प्रेम र रोमान्सलाई सुन्दर तरिकालाई प्रस्तुत गरिएको छ।

भिडिओमा सुधा थापाले श्रृंगार गरेकि छिन भने जनकराज अधिकारीको  छायांकन, ललित सिंह साउदको सम्पादन रहेको छ।

गायक पाण्डेको निर्देशनमा म्युजिक भिडिओ तयार पारिएको हो।

भिडिओ

Vim Bar Ek Chamcha Vim Sabi Bhanda Huncha Clean
bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top