+
Search

ताजा अपडेट +

पपुलर +

नुवाकोटमा पनि एक पत्रकारमा कोरोनाभाइरस सङ्क्रमण

coronavirus case nuwakot journalist
डबली खबर
५ साल अगाडी

विदुर, नुवाकोट – समुदायमा फैलिएको कोरोनाभाईरसको सङ्क्रमणसँगै नुवाकोटमा पनि एक पत्रकारलाई कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ।

सङ्क्रमित पत्रकार नेपाल पत्रकार महासंघ नुवाकोटका सचिव तथा रेडियो जालपाका स्टेशन म्यानेजर जगदीश खनाललाई कोरोना भाइरसको संक्रमण भएको पाइएको नेपाल पत्रकार महासंघ नुवाकोटका अध्यक्ष कपिलदेव खनालले जानकारी दिए ।

उनले आफुलाई संक्रमण भएपछि सामाजिक संजालमा “आफु, आफ्नो परिवार र समुदायको सुरक्षाको लागि म सङ गत १४ दिनदेखी सम्पर्कमा रहनुभएका साथिहरुले पिसिआर गर्नुहोला” भनि पोस्ट गरेका छन्।

हाल उनी विदुर नगरपालिका वडा नम्बर ४, विदुर निवासी ३५ वर्षीय पुरुष हुन्। उनको गत साउन २८ गते कोरोना परीक्षणको लागि स्वाब सङ्कलन गरेको थियो।

उनी अहिले जिल्ला अस्पताल त्रिशुलीको आइसोलेशनमा उपचारत रहेका छन् ।

यो सँगै नुवाकोटमा पहिलोपटक पत्रकारमा पनि सङ्क्रमणकाे पुष्टी भएको हाे ।

अहिलेसम्म नुवाकोटमा सङ्क्रमित संख्या ७२ पुगेको छ भने १९ जना आइसोलेशनमा उपचारत रहेका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ