२०८०, २४ मंसिर आईतवार
social securities awareness bidur municipality

पोष्टबहादुर बोगटी बहुप्राविधिक शिक्षालय निर्माणको लागि स्थलगत निरीक्षण

डबली खबर     भाद्र ३ २०७७ १७:२२

post bahadur bogati technical school
pratik book and stationery center in nuwakot

विदुर, नुवाकोट – पोष्टबहादुर बोगटी बहुप्राविधिक शिक्षालय निर्माण तथा सञ्चालनको लागि विदुर नगरपालिका-१ इन्द्रायणीस्थित सिमुटारमा स्थलगत निरीक्षण भएको छ।

बुधबार इन्द्रायणीघाटस्थित सिमुटारमा पोष्टबहादुर बोगटी बहुप्राविधिक शिक्षालय निर्माणको लागि आवश्यक जग्गाको लागि सांसद हीरानाथ खतिवडा, प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकाल, जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तमाङ, विदुर नगरपालिकाका नगरप्रमुख सञ्जु पण्डित, उपप्रमुख गिताकुमारी दाहाल, प्रहरी प्रमुख अविनारायण काफ्ले, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम सीप विकासका इन्जिनियरिङ निर्देशक गुणानन्द झा लगायतको टोलीले स्थलगत निरीक्षण गरेको छ।

स्थलगत निरीक्षण पश्चात् जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको बैठकले पोष्टबहादुर बोगटी बहुप्राविधिक शिक्षालय निर्माणको लागि आवश्यक जग्गा इन्द्रायणीघाटस्थित सिमुटारमा स्थलगत निरिक्षण गरी बहुप्राविधिक शिक्षालय निर्माणको लागि आवश्यक पहल गर्ने निर्णय भएको विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले जानकारी दिएका छन् ।

पोष्टबहादुर बोगटी बहुप्राविधिक शिक्षालयमा बाली विज्ञान, पशु विज्ञान, होटल व्यवस्थापन तथा पर्यटन सिभिल इन्जिनियरिङ, स्वास्थ्य तथा सामान्य चिकित्सा र फार्मेसी तर्फको तीन वर्ष डिप्लोमा कार्यक्रम प्रस्ताव गरिएकोमा यसै शैक्षिक सत्रदेखि कृषितर्फ बाली विज्ञान र पशु विज्ञान दुइवटा कार्यक्रम सञ्चालन गर्न आवश्यक पर्ने पूर्वाधार जिल्ला समन्वय समिति नुवाकोट र विदुर नगरपालिकाले व्यवस्थापन गर्ने निर्णय भएको छ ।

बैठकले बहुप्राविधिक शिक्षालयको पूर्वाधारको आवश्यक मर्मत सम्भार गरी शैक्षिक सामाग्री फर्निचर व्यवस्था गरिदिन विदुर नगरपालिकालाई र कार्यशाला ल्याबसहित अन्य पूर्वाधार संघीय तथा प्रदेश सांसद एवं प्रदेश सरकार सामाजिक विकास मन्त्रालयसँग व्यवस्थापनको लागि अनुरोध गर्ने निर्णय गरेको छ ।

यसै शैक्षिक सत्रबाट कक्षा सञ्चालन गर्नको लागि आवश्यक पर्ने पूर्वाधार व्यवस्थापनको लागि त्रिभुवन त्रिशुली माध्यमिक विद्यालयको त्रिशुली भवन, विनपा-१ मा रहेको शहिद प्रतिष्ठानको भवन, र बागवानी कृषि केन्द्रको भवनलाई भौतिक संरचना प्रयोग गर्न आवश्यक समन्वय गर्न जिल्ला समन्वय समितिलाई अनुरोध गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top