२०८१, ८ बैशाख शनिबार

छोराको जन्मदिन मा रिलायन्स बीमा पोलिसी उपहार

डबली खबर     असार २२ २०७७ १४:५५

reliance life insurance plan
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर, नुवाकोट – बीमा योजनालाई विभिन्न उत्सवहरुमा उपहार स्वरुप दिने क्रम बढ्दै गईरहेको छ । यसै क्रममा नुवाकोटको लिखु गाउँपालिका- ढिकुरेका रमेश लामिछानेले आईतबार छोरा रसिक लामिछानेलाई जन्मदिनमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी नुवाकोट शाखाबाट जारी जीवन बीमा योजना उपहार दिएका छन् ।

छोराको भविष्य सुनिश्चित गर्न जन्मदिनमा २० लाख रुपैयाँको २० वर्षे योजना अनुसार बीमा गरी योजना उपहार स्वरुप दिएको लामिछानेले बताए । विभिन्न पर्व उत्सव तथा जन्मदिनमा हुने अनावश्यक खर्च कटौती गरी भविष्यमा हुने स्वास्थ तथा शिक्षाको ग्यारेन्टी हुने भएकोले कम्पनीमा बीमा गरिएको लामिछानेले बताए । बीमा अवधी समाप्त भएपछि बीमाङ्क रकम २० लाख रुपैयाँ र बोनस पाइनेछ ।

“मेरो मुटु बाल बिमा योजना” अन्तर्गत बच्चा जन्मेको एक महिनादेखि नै बाल जीवन बीमा गर्ने गरिएको कम्पनीका बजार व्यवस्थापक सुरेश डङ्गोलले बताए ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top