काठमाडौं – देवीघाट जेष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठानद्वारा जनवादी गणतन्त्र चीनको लागि नवनियुक्त राजदुत महेन्द्रबहादुर पाण्डेलाई आज एक कार्यक्रमका बिच सम्मान गरेको छ।
प्रतिष्ठानले मङ्गलबार काठमाडौंमा नवनियुक्त राजदूत पाण्डेलाई बधाई तथा शुभकामना दिनको लागि आयोजना गरिएको संस्थाका सल्लाहकार अनुजकुमार श्रेष्ठले जानकारी दिए।
कार्यक्रममा राजदुत पाण्डेले आश्रममा रहेका जेष्ठ नागरिकहरुको स्याहारसुसार, संरक्षण गर्न र अनुभवहरु लिखितरुपमा संकलन गरि एउटा दस्तावेज बनाउन सके भविष्यमा उपयोगी हुनसक्ने बताए ।
नवनियुक्त राजदूत पाण्डे अन्तर्राष्ट्रिय उडान सुचारु भएपछि मात्र चीन प्रस्थान गरिने जनाएको छ ।
यस अघि पाण्डे राजदुतमा नियुक्त भएपश्चात् लकडाउनको समयमा सामाजिक दुरी कायम नगरी कार्यक्रममा सामेल भएकोमा आलोचित भएका थिए ।
प्रतिक्रिया