नुवाकोट – विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसको जोखिम बढीरहेको अवस्थालाई मध्यनजर गर्दै मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडलाई युगप्रसाद दाहालले घरभाडामा सहुलियत दिएका छन् ।
सरकारले घरभाडा छुट गर्न आग्रह गरिरहेको छ । प्रायः घरबेटीलेहरुले साह्रै न्युन आय भएकाहरु बाहेकलाई घरभाडा छुट दिएका छैनन् । कतिपय दैनिक ज्याला मजदुरी गर्नेहरुले तिर्न सक्ने अवस्था नहुदा पनि छुट दिइरहेका छैनन् । तर बेलकोटगढी नगरपालिका-८ मा रहेको माइक्रोफाइनान्सको कल्याणी शाखा कार्यालयलाई एक महिनाको दश हजार बराबरको घरभाडा छुट दिएर घरबेटी दाहालले सामाजिक दायित्व निर्वाह गरेको बट्टार अनुगमन कार्यालयका प्रमुख सरोज पण्डितले जानकारी दिए ।
‘लकडाउनका कारण अर्थतन्त्र ओरालो लागेको अवस्था छ, ब्यवसाय संचालन गर्न सकेको छैन, यसले गर्दा अहिलेको अवस्था सहज छैन । र सरकारले पनि एक महिनाको भाडा नलिन आब्हान गरेकोमा आफूले पनि मानबताको भूमिका निर्वाह गरेको’ युगप्रसाद दाहालले बताए । त्यस्तै, तिन महिनादेखि ठप्प रहेको व्यापार व्यवसायलाई ध्यान दिएर कोरोना माहामारीले उत्पन्न गरेको विपत्तीको अवस्थामा सबैले उदारता देखाउनु पर्ने दाहाल दम्पतीले बताए ।
मेरोमाइक्रोफाइनान्सले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा २५ लाख ६० हजार सहयोग गरिसकेको छ । त्यसको साथै विभिन्न स्थानिय तहहरुलाई पनि राहत तथा आर्थिक सहयोग गरिरहेकोे छ । नुवाकोटको बिदुर नगरपालिका र बेलकोटगढी नगरपालिकालाई ५० हजार आर्थिक सहयोग गरिसकेको संस्थाले जनाएको छ ।
प्रतिक्रिया