२०८०, ६ आश्विन शनिबार
social securities awareness bidur municipality

प्राथमिक उपचार तालिम नुवाकोटको संयोजकमा भट्ट

डबली खबर     असार ८ २०७७ १८:०७

Charity first aid training program for nation nuwakot
pratik book and stationery center in nuwakot

नुवाकोट – नेपालका सबै जिल्लामा निःशुल्क प्राथमिक उपचारमा स्वयंसेवक परिचालन गर्नको लागि स्थापना भएको प्राथमिक उपचारको तालिम फाउन्डेसन नुवाकोटको संयोजकमा रमेश भट्ट चयन भएका छन्।

योगदान राष्ट्रको लागि, निःशुल्क प्राथमिक उपचार तालिम अभियान अनुरुप गठित फाउन्डेसनको हालसम्म देशभर ४६ वटा जिल्लामा विस्तार भइसकेको छ । कोरोना भाइरसको कारण अवरुद्ध अभियानलाई निरन्तरता दिदैं नुवाकोटमा पनि फाउन्डेसनको शाखा विस्तार भएको संयोजक भट्टले जानकारी दिए ।

फाउन्डेसनका अध्यक्ष ओम उप्रेतीका अनुसार देशभरका ७७ वटै जिल्लामा ३०/३० जना विपद् व्यवस्थापनमा सहयोगीहरु खडा गर्ने रहेको छ । पहिलो चरणमा जिल्लाका विभिन्न स्थानिय तहहरुबाट प्रत्येक गाउँपालिकामा ३ जना र नगरपालिकामा ५ जना गरी एक जिल्लामा जिल्ला संयोजक सहित ३० जना स्वयंसेवकहरु निर्माण गरिने उप्रेतीले जानकारी दिए । चयन भएका स्वयंसेवकहरुलाई अध्यक्ष उप्रेतीले नै विशेष तालिम दिइने र जिम्मेवारी बनाईने जनाएको छ ।

देशभरका सबै स्वयंसेवकलाई सात दिने प्राथमिक उपचारको अन्तर्राष्ट्रियस्तरको प्रशिक्षण तालिम प्रदान गर्ने र ती स्वयंसेवकहरुलाई जिल्लाका गाउँ र टोलसम्म तालिम दिन योग्य बनाइने फाउन्डेसनले जनाएको छ ।

फाउन्डेसनको केन्द्रीय सञ्चालक समितिमा डा. रविन्द्र समीर, डा. सुबास घिमिरे, कलाकार निर्मल शर्मा लगायतका व्याक्तित्वहरु रहेका छन् ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020
Bachchhaladevi Suppliers
Nuwakot FM 106.MHz
Radio Sanjiwani
Radio Langtang

Top