नुवाकोट – कोरोनाभाइरस संक्रमण, रोकथाम, नियन्त्रण तथा उपचार कोषमा मेरो माइक्रोफाइनान्स लघुवित्त बित्तीय संस्थाले सहयोग उपलब्ध गरएको छ ।
फाइनान्सले कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व कोषबाट उक्त रकम संघीय सरकारलाई हस्तान्तरण गरेको हो । कम्पनीले २५ लाख ६० हजार ७ सय १९ रुपैयाको चेक राष्ट्रिय वाणिज्य बैंकमा रहेको उपचार कोषको खातामा विहीवार नै जम्मा गरेको फाइनान्सका प्रमुख कार्यकारी अधिकृत रामहरि दाहाल जानकारी दिए ।
उक्त रकममा कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्वसँगै कार्यरत कर्मचारीको ३ दिनको पारिश्रमिक समेत समावेश गरिएको दाहालले जानकारी दिए । यससँगै कोरोना पीडित एवम् विपन्न वर्गलाई राहत पुर्याउन विभिन्न स्थानीय तहमार्फत् १० लाख रुपैयाँ बराबरको खाद्यान्न सहयोग उपलब्ध गराइसकेको दाहालले जानकारी दिए ।
विश्वलाई नै प्रभावित पारिरहेको मानवीय बिपत्तिको घडिमा कोरोनाभाइरसको सम्भावित संक्रमण, रोकथाम र नियन्त्रणका लागि नेपाल सरकारले चालेको पहलमा सहयोग पुर्याउन पाउँदा आफूहरुका लागि गर्वको कुरा भएको दाहालले बताए । आफूहरु कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सबै नागरिक तथा नेपाल सरकारसंग एकजुट भएर काम गर्न प्रतिबद्ध रहेको दाहालले बताए ।
प्रतिक्रिया