World Tuberculosis Day 2025
sujim advert

नुवाकोटको दुई जनामा कोरोना संक्रमणको पुष्टि

डबली खबर     जेष्ठ २७, २०७७

global ime bank falgun 2081
ananda Jewellery shop
sizen education new intake 2025

nuwakot coronavirus covid19 update
bidur tax consultancy services in nuwakot
health office nuwakot awareness

नुवाकोट – आज विदुर नगरपालिकाका दुई जना पुरुषमा कोरोना संक्रमण भएको पुष्टि भएको छ । यो सँगै जिल्लामा ५ जना संक्रमित भएका छन्।

राष्ट्रिय जनस्वास्थ्य प्रयाेशाला काठमाडौंमा गरिएकाे परिक्षणमा विदुर नगरपालिकाका १७ र २३ वर्षका पुरुष रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गाैतमले जानकारी दिएका छन् । संक्रमितहरु विदुर नगरपालिका वडा नम्बर ३ र वडा नम्बर ४ को रहेको बताइएको छ ।

विदुर नगरपालिका वडा नम्बर १ त्रिशूलीमा रहेको शैक्षिक तालिम केन्द्र बनेको क्वारेन्टिनमा बस्दै आएका उनीहरुमा कोरोना संक्रमण भएको स्वास्थ्य कार्यालय नुवाकोटका सूचना अधिकारी उत्तम खनालले जानकारी दिए ।

उनीहरु भारतबाट आई यहि जेठ १० गतेदेखि क्वारेन्टिनमा बस्दै आइरहेका थिए । उनीहरुको आरडिटि पोजेटिभ देखिएपछि स्वाब संकलन गर्दा पिसिआर रिपोर्ट समेत पोजेटिभ देखिएको थियो ।

संक्रमित द्वयलाई जिल्ला अस्पतालमा रहेको आइसोलेशन वार्डमा राखिएको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. रेमकुमार राईले जानकारी दिए ।

आज तारकेश्वर गाउँपालिकामा गरिएको आरडीटि परीक्षणमा ३ जनामा पोजेटिभ देखिएको छ।

तीन सय २३ जना नयाँ सङ्क्रमित थपिए

नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या चार हजार नाघेको छ । देशभरबाट मङ्गलबार तीन सय २३ जना नयाँ सङ्क्रमित थपिएसँगै सङ्क्रमितको सङ्ख्या चार हजार ८५ पुगेको हो ।

आज विभिन्न जिल्लाका गरी दुई सय ९२ जना पुरुष र ३१ जना महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । आज थपिएकासहित तीन हजार सात सय ९८ पुरुष र दुई सय ८७ महिला रहेकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै नेपालमा कोरोना सङ्क्रमणकाे कारण ज्यान गुमाउनेको सङ्ख्या १५ पुगेको छ । चितवनको भरतपुर अस्पतालमा भरतपुर ११ का पुरुषको ज्यान गएको मन्त्रालयले जनाएको छ । 

as fashion store in Trishuli Nuwakot
HPV-Vaccination-Campaign-Against-Cervical-Cancer-2081-ad
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top