+
Search

ताजा अपडेट +

पपुलर +

नेपाल इन्स्योरेन्सद्वारा तारकेश्वर क्वारेन्टाइनलाई स्वास्थ्य सामग्री सहयोग

डबली खबर
५ साल अगाडी

नुवाकोट – नेपाल इन्स्योरेन्स लिमिटेडले तारकेश्वर गाउँपालिकाको क्वारेन्टाइनमा रहेका नागरिकलाई माक्स, स्यानिटाइजर र पन्जा सहयोग उपलब्ध गराएको छ ।

इन्स्योरेन्सले सामाजिक उत्तरदायित्व अन्तर्गत सर्जिकल माक्स ४ सय थान, स्यानिटाइजर ५ लिटर र ग्लोप्स वितरण गरेको हो ।

हाल तारकेश्वर गाउँपालिकामा २ सय ४१ जना क्वारेन्टाइनमा रहेको गाउँपालिका अध्यक्ष रमेशबहादुर वस्तीले बताए ।

आइतबार गाउँपालिकाको वडा नम्बर २ स्थित पिमलटार मावि, ३ स्थीत पिपलडाँडा मावि र ४ स्थीत सरस्वती मावीलाई स्वास्थ्य सामाग्री वितरण गरिएको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ