२०८१, १३ बैशाख बिहीबार

क्वारेन्टिन महिला, बालबालिका र अपाङ्गतामैत्री हुनेपर्ने: उपप्रमुख भेला

    जेष्ठ २२ २०७७ ०८:५७

first upadekashya nuwakot meeting
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर – नुवाकोटका १२ वटै स्थानीय तहहरुका उपप्रमुख तथा उपाध्यक्षहरुको समिक्षा भेला सम्पन्न भएको छ ।

जिल्ला समन्वय समिति नुवाकोटका उपप्रमुख अप्सरा थापाको संयोजकत्वमा बसेको भेलाले स्थानीय तहमा अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत दुवै पदमा पुरुष नै हुँदा योजना छनौट, बजेट विनियोजन र कार्यान्वयनमा समस्या भएको निष्कर्ष निकालेको छ ।

भेलाले स्थानीय तहहरुले निर्माण गरिरहेको क्वारेन्टिन महिला, बालबालिका र अपाङ्गतामैत्री नभएको र त्यसको सुधारको लागि सुझाव दिने निर्णय गरेको छ ।

आगामी आर्थिक वर्षको बजेटलाई लक्षित वर्गको लागि स्वास्थ्य, कृषि र शिक्षालाई विशेष प्राथमिकतासाथ पहल गरिने समन्वय उपप्रमुख थापाले जानकारी दिईन् ।

लकडाउनको समयमा समुदायमा लैङ्गिक हिंसा र आत्महत्याको घटनाहरु वृद्धि भइरहेकोले त्यसको सूक्ष्म अध्ययन गर्दै न्यूनिकरणको लागि पहल गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top