sujim advert

नुवाकोट भित्रिने गाडीमा संक्रमण भित्रिन नदिन कोल्पुटारमा ‘डिसइन्फेक्सन टनेल’ सञ्चालन

सुनील श्रेष्ठ     ५ वर्ष अगाडि

global ime bank falgun 2081
ananda Jewellery shop
sizen education new intake 2025

nuwakot chamber made disinfection tunnel in kolputar nuwakot
bidur tax consultancy services in nuwakot

विदुर – नुवाकोट भित्रिने मुख्य नाका कोल्पुटारमा ‘डिसइन्फेक्सन टनेल’ बनाइएको छ।  

जिल्ला भित्रिने सवारी साधनहरुलाई सिँगै सेनिटाइज गरेर कोरोना संक्रमणको जोखिम कम गर्न मुख्य नाकामा डिसइन्फेक्सन टनेल सञ्चालनमा ल्याइएको हो ।

सवारी साधनलाई डिसइन्फेक्सन गर्ने संयन्त्रको रुपमा टनेल निर्माण भएको नुवाकोट चेम्बर अफ कमर्शका अध्यक्ष कविन्द्रमान प्रधानले बताए । कोल्पुटारमा करिब चार लाखको लागतमा बनेको टनेलमा नुवाकोट चेम्बर, सुन्दर यातायात, विदुर नगरपालिका र बेल्कोकोटगढी नगरपालिकाको आर्थिक सहयोगमा टनेल बनाइएको बताए ।

डिसइनफेक्सन टनेलको उद्घाटन गर्दै जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाङ र विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डित । फोटो: सुनील श्रेष्ठ

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेल, जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाङ, विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डित लगायतले जिल्लामा कोरोना भित्रन नदिन सरकारद्वार जारी लकडाउनको पूर्ण रुपमा पालना गरि आम नागरिकले पनि सरकारलाई सहयोग गर्नुपर्ने बताए ।

डिसइनफेक्सन टनेलमा सवारीसाधन । फोटो: सुनील श्रेष्ठ

जिल्लाबाहिरबाट आएका मालबाहक सवारीबाट संक्रमणको जोखिम रहेकाले नाकामै डिसइनफेक्सन गरेर भित्र्याउन टनेल निर्माण गरिएको हो।

सुन्दर यातायात प्रालिका अध्यक्ष भेषबहादुर थापाले सवारीमा भएको किटाणु निष्क्रिय पार्न टनेलले सहयोग पुर्‍याउने बताए। उनले आवश्यकता अनुसार मर्मत र किटनाशक औषधी उपलब्ध गराईने बताए। संचालनमा आएको केहि दिनमै विश्व स्वास्थ्य संगठनको टोलीले पनि निगरानी गर्ने जानकारी दिए। उनले एक लिटर किटनाशक पानीले एक गाडीलाई पुग्ने जानकारी दिए ।

टनेलको सुरक्षा र सञ्चालन कोल्पुटार प्रहरी चेकपोस्टले गर्नेछ । टनेलबाट जिल्ला भित्रिने सबै सवारीलाई डिसइन्फेक्सन पछि मात्रै उपत्यका प्रवेश दिइने छ।

टनेलबाट जिल्ला भित्रिने मोटरसाइकल बाहेकका सबै सवारीलाई डिसइन्फेक्सन पछि मात्रै जिल्ला प्रवेश दिइने छ ।

as fashion store in Trishuli Nuwakot
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top