२०८१, ११ बैशाख मंगलवार

आगामी वर्ष २०७७/७८ को नुवाकोटको बजेट

डबली खबर     जेष्ठ १७ २०७७ ००:०५

nuwakot district budget 2077-78 nepal
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर – आगामी वर्ष २०७७/७८ का लागि संघीय सरकारले नुवाकोटको विभिन्न क्षेत्रमा कार्य गर्नको लागि बजेट अनुदान उपलब्ध गराएको छ ।

नुवाकोटका १२ स्थानीय तहलाई तीन अर्ब ४४ करोड ९ लाख रूपैयाँ अनुदान दिने दिने निर्णय भएको अर्थमन्त्रालयले जनाएको छ ।

विदुर नगरपालिकाले ५२ करोड ९४ लाख र बेलकोटगढी नगरपालिकाले ४३ करोड १० लाख बजेट अनुदान पाउने भएको छ ।

ककनी गाउँपालिकाले ३० करोड ६८ लाख, किस्पाङले २२ करोड १६ लाख, तादीले २३ करोड ६८ लाख, तारकेश्वरले २२ करोड ८ लाख, दुप्चेश्वरले २६ करोड ७१ लाख पाउने भएका छन् ।

पञ्चकन्या गाउँपालिकाले २२ करोड २५ लाख, म्यागङले २० करोड ५५ लाख, लिखुले २३ करोड ९६ लाख, शिवपुरीले ३२ करोड २ लाख र सूर्यगढीले २३ करोड ७८ लाख अनुदान पाउने अर्थ मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top