sujim bazar advert

लकडाउन: खाद्यान्न बोक्ने गाडीमा मदिरा ओसारपसार गर्ने दुई सवारीसाधन प्रहरीको नियन्त्रण

डबली खबर     जेष्ठ १६, २०७७

Sizen Education Consultancy Pvt. Ltd.

arrested to wine retailer in lockdown period
Big Education Consultancy Nuwakot
global ime bank flash loan

विदुर – लक डाउनको उल्लङ्घन गरी खाद्यान्न बोक्ने गाडीमा मदिरा ओसारपसार गर्ने दुई सवारीसाधनसहित चालक र व्यापारीलाई नुवाकोट प्रहरीले नियन्त्रणमा लिएको छ।

विश्वव्यापी महामारीको रुपमा फैलिदै गरेको नोबेल कोरोनाभाईरस (कोभिड-१९) संक्रमणको विरुद्ध नेपाल सरकारद्वारा जारी भएको लकडाउनको समयमा मदिरा बेचबिखनको लागि ल्याउँदै गरिएको अवस्था प्रहरीले बा ५ ख २६९२ नम्बरको खाद्यान्न बोक्ने भनि लेखिएको आईचर गाडीलाई विदुर चेकपोस्टबाट नियन्त्रणमा लिएको हो ।

करिब ८६ हजार ३ सय ९१ बराबरको परिमाण रहेको मदिरा सहितलाई सवारी चालक बाबुकाजी तामाङ र सम्बन्धित व्यापारीहरुलाई आवश्यक कारबाहीको लागि बुधबार जिल्ला प्रशासन कार्यालय नुवाकोटमा बुझाईएको प्रहरी प्रमुख अवीनारायण काफ्लेले जानकारी दिए । उनका अनुसार डि.बि सप्लार्यसबाट श्री माँ कन्यादेबी किराना पसलकाे लागि ल्याईएकाे हाे ।

यस्तै, बिहिबार बा ४ ख ९८५ नं.को आईचर गाडीमा अनाधिकृत रुपमा करिब एक लाख ३५ हजार ३ सय ३२ बराबरको परिमाणमा रहेको मदिरा ओसारपसार गरिरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिई मदिरा सहितलाई सवारी चालक सगरमाथा तामाङ र व्यापारीलाई आवश्यक कारबाहीको लागि प्रशासन कार्यालयमा बुझाईएको प्रहरी प्रमुख काफ्लेले जानकारी दिए । उक्त मदिरा एस अधिकारी सप्लायर्सकाे रहेकाे उनले जानकारी दिए ।

bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality
9th Nuwakot Mahotsav 2082

ताजा अपडेट

प्रतिक्रिया

Top