sujim advert

कोरोनाभाइरस सम्बन्धि राजेशलक्ष्मीको व्यङ्ग्य (कार्टुनसहित)

    जेष्ठ ६, २०७७

global ime bank falgun 2081
ananda Jewellery shop
sizen education new intake 2025

rajesh laxmi manandhar rajman cartoonist artist nepal-min
bidur tax consultancy services in nuwakot

कार्टुनिष्ट राजेशलक्ष्मी मानन्धरले लकडाउनको समयलाई थप सदुपयोग गर्दै कोरोनाभाइरससँग सम्बन्धित ३७ वटा व्यङ्ग्य कार्टुन बनाउन भ्याएका छन् ।

“गत वैशाख १ गतेदेखि सुरु गरेको व्यंग्यात्मक कार्टुनमा कोरोनासम्बन्धि जनचेतनामूलक सन्देशसहितका कार्टुनहरु बनाई रहेको छु” – कार्टुनिष्ट राजेशलक्ष्मीले बताए । “लकडाउन अवधिभर यस्तै किसिमका सन्देशमूलक कार्टुन बनाईरहने” – उनले बताए ।

“लकडाउनको समयलाई उपयोग गरी सामाजिक सन्देशमुलक व्यङ्ग्यको साथै लकडाउनको समयमा महिला तथा बालबालिकामा हुने हिंसा र जीवनशैलीलाई लिएर सन्देशमूलक जानकारी आफ्नो कलाबाट प्रस्ट्याएको” – उनले बताए ।

करिब दुई दशक राष्ट्रिय दैनिक र साप्ताहिक पत्रिकामा सामाजिक र राजनीतिक बिषयमा व्यंग्यात्मक कार्टुन बनाउदैं आएका थिए । हाल उनी क्यानभासमा कलामा होमिएका छन् । उनी अहिले काठमाडौंस्थित बुठानिलकण्ठ विद्यालयमा चित्रकलाको शिक्षक पेशामा कार्यरत छन् ।

“बालबालिकालाई कार्टुनले धेरै प्रभावित पार्ने हुनाले मैले केही कार्टुन उनीहरुले बुझ्ने किसिमले बनाएको छु भने केही सामाजिक बिषयलाई पनि व्यङ्ग्य गरेको छु”- उनले बताए ।

लकडाउनको अवधिमा नयाँ बर्ष, मातातीर्थ औंशी, अर्थतन्त्र, वातावरण, शिक्षा तथा खेलकुद, विश्व लगायतका विषयलाई लिएर उनले व्यंग्यात्मक कार्टुनबाट दर्शाएका छन् । 

कार्टुन

as fashion store in Trishuli Nuwakot
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top