२०८१, १३ बैशाख बिहीबार

नुवाकोटमा ६९ जनाको र्‍यापिड डाइनोस्टिक टेस्ट परीक्षण

डबली खबर     जेष्ठ ५ २०७७ १७:४७

rdt test nuwakot police coronavirus covid19
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर – नुवाकोटमा ६९ जनाको र्‍यापिड डाइनोस्टिक टेस्ट (आरडीटि) परीक्षण गरिएको छ । परीक्षण गरिएको सबैमा निगेटिभ आएको स्वास्थ्य कार्यालय प्रमुख सागर घिमिरे जानकारी दिएका छन् ।

सोमबार स्वास्थ्य कार्यालय नुवाकोटले ५५ जना प्रहरीहरुको आरडीटि परीक्षण गरेको हो । त्रिशुली अस्पतालमा १४ जनाको आरडीटि परीक्षण गरेको छ । आइतबार प्रहरी चौकी तारुकाका १० जना प्रहरीको आरडीटि परीक्षण गरिएको थियो ।

हाल नुवाकोटमा ११ जना स्थानीय तहले निर्माण गरेको क्वारेन्टाइनमा बसेका छन् । विदुर नगरपालिकाले बनाएको क्वारेन्टाइनमा पुरुष ९ जना रहेको छ भने पञ्चकन्या गाउँपालिकाले बनाएको क्वारेन्टाइनमा महिला १ र पुरुष १ जना रहेका छन् ।

त्यस्तै, २ सय १० जनाको ज्वरो नाप्ने थर्मोस्क्यानबाट ज्वरो चेकजाँच गरेको छ । त्रिशुली अस्पतालमा १३४, विदुर नगरपालिकामा २ र बेल्कोटगढी १० जनाको ज्वरो चेकजाँच गरेको छ । यस्तै लिखु ६, किस्पाङ ६, शिवपुरी ७, म्यागङ ७, तादी १२, सुर्यगढ़ी १२, तारकेश्वर ७, पञ्चकन्या २, ककनी २ जनाको ज्वरो चेकजाँच गरेको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top