sujim advert

विदुर नगरपालिकालाई स्वास्थ्य सामाग्री

डबली खबर     बैशाख २६, २०७७

global ime bank falgun 2081
ananda Jewellery shop
sizen education new intake 2025

health equipment donate yashodha bhagwan memorial hospital to bidur municipality
bidur tax consultancy services in nuwakot

विदुर – नेपाली काँग्रेस नुवाकोट र यशोदादेवी भगवानसिंह केसी मेमोरियल ट्रष्टले विदुर नगरपालिकालाई स्वास्थ्य सामाग्री वितरण गरेको छ ।

शुक्रबार नेपाली काँग्रेस केन्द्रिय सदस्य एवमं ट्रष्टका संरक्षक अर्जुननरसिंह केसी र ट्रस्टका अध्यक्ष केदारनरसिंह केसीले विदुर नगरपालिका प्रमुख सञ्जु पण्डितलाई दुई थान ज्वरो नाप्ने डिजिटल थर्मोगन, एक हजार थान सर्जिकल मास्क र स्यानिटाइजर लगायतका स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन् ।

स्वास्थ्य सामाग्री वितरण गर्दै नेपाली काँग्रेस नेता एवं ट्रष्टका संरक्षक अर्जुननरसिंह केसीले कोरोनाभाइरसविरुद्ध सबैजना एक्यबद्ध लाग्नुपर्ने बताए । उनले महामारी र विपद्को समयमा सबै पिडित नागरिकलाई आवश्यकताको आधारमा समान रुपले राहत वितरण गर्न सुझाव दिएका छन् ।

त्यस्तै, ट्रस्टले बेलकोटगढी नगरपालिका-५ का वडाध्यक्ष अनन्तराम नेपाल र वडा नम्वर ७ का वडाध्यक्ष हेमनिधि नेपाललाई सोहि परिमाणमा स्वास्थ्य सामग्री उपलब्ध गराएको छ।

as fashion store in Trishuli Nuwakot
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top