२०८१, १३ बैशाख बिहीबार

मेरो माइक्रोफाइनान्सद्वारा ५० हजार सहयोग

डबली खबर     बैशाख २४ २०७७ १६:३१

mero microfinance donate bidur municipality coronavirus covid 19 disaster fund-min
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर – विदुर नगरपालिकाले स्थापिना गरेको विपद् व्यवस्थापन राहत कोषमा मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले ५० हजार रूपैयाँ आर्थिक सहयोग गरेको छ ।

विश्वव्यापी फैलिएको कोभिड भाइरसको रोकथाम, नियन्त्रण तथा व्यवस्थापनका लागि उक्त सहयोग रकमको चेक फाइनान्सका बट्टार अनुगमन कार्यालयका प्रमुख सरोज पण्डितले बुधबार नगरप्रमुख सञ्जु पण्डितलाई हस्तान्तरण गरेको छ ।

चेक हस्तान्तरणको क्रममा नगरप्रमुख पण्डितले फाइनान्स गतिविधिलाई र प्रशम्सा गर्दै आफ्नो कारोबार नाफासँग मात्र नजोडी स्थानियहरुसँगको सम्बन्धलाई आत्मियतासँग जोड्न सके संस्थाले ब्यबसायिक सफलता प्राप्त गर्न सक्ने बताए ।

कोरोनाभाइरसका कारण लकडाउन भए पछि दैनिक ज्याला मजदुरी गरेर खाने तथा न्यून आय भएकाहरुलाई आवश्यक खाद्यान्न सामाग्री खरिद गर्नका लागि प्रदान गरिएको फाइनान्सका अनुगमन प्रमुख पण्डितले जानकारी दिए ।

यसघि संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत कंकालीमाई उच्च माध्यमिक विद्यालयमा निर्माण गरिएको क्वारेन्टाइन व्यवस्थापनको लागि २५ हजार रूपैयाँ सहयोग गरेको हो । नुवाकोटको बट्टारमा केन्द्रीय कार्यालय रहि देशका ६१ जिल्लामा १२० शाखा कार्यालय मार्फत लघुवित्तीय सेवा प्रदान गरिरहेको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top