२०८१, १४ बैशाख शुक्रबार

त्रिभुवन त्रिशुली माविको वार्षिक परीक्षाको नतिजा सार्वजनिक (नतिजासहित)

डबली खबर     बैशाख १६ २०७७ १३:०८

2076 result published ttss trishuliweb dabalikhabar nuwakot
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर – विश्वभर फैलिएको कोरोनाभाइरस (कोभिड-१९) को कारण त्रिभुवन त्रिशुली माध्यमिक विद्यालयले वार्षिक परीक्षाको नतिजा वेबसाईटबाटै सार्वजनिक गरेको छ ।

विद्यालयले महामारी प्रभावलाई दृष्टिगत गर्दै आज आफ्नो आधिकारीक वेबसाइटबाट नतिजा प्रकाशित गरिएको विद्यालयका प्रधानाध्यापक महेन्द्र राउतले जानकारी दिएका छन् ।

विद्यालयको वार्षिक परीक्षाको नतिजाफल अनुसार ‘ए प्लस’ १ जना, ‘ए’ ग्रेडमा १८ जना विद्यार्थीहरु कक्षा अपग्रेड भएका छन् । यस्तै ‘बि प्लस’ ५७, ‘बि’ ६२, ‘सी प्लस’ ७९, ‘सी’ मा ५८ र ६ जना ‘डी प्लस’ ग्रेडमा विद्यार्थीहरु कक्षा अपग्रेड भएको विद्यालयका सहायक प्रधानाध्यापक  राजेन्द्र दवाडीले जानकारी दिएका छन् ।

परीक्षाफलको पूर्ण प्राप्तांकको लागि सम्बन्धित कक्षा शिक्षक/शिक्षिकाहरुसँग टेलीफोनमार्फत बुझ्न सकिने विद्यालयले जनाएको छ ।

थप जानकारीको लागि विद्यालयको वेबसाइट http://tthss.edu.np/2020/04/4667/ मा हेर्न सकिनेछ ।

शैक्षिक सत्र २०७६को परीक्षाफलको नतिजा

 

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top