sujim bazar advert

बागमती प्रदेशका १३ जिल्लाका अधिकारीसँग प्रदेश सरकारको छलफल

डबली खबर     बैशाख ११, २०७७

Sizen Education Consultancy Pvt. Ltd.

corona affect chief minister dormani poudel had video conference to bagamati pradesh thirteen district administrator in lock down
Big Education Consultancy Nuwakot
Dengue Notice PHO Nuwakot

हेटौडा – कोभिड १९ भाइरसको संक्रमण र यसले पारेको प्रभावका बारेमा बागमती प्रदेश सरकारले आफनो प्रदेशका १३ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग बिहिबार ‘भर्चुअल कन्फरेन्स’ गरेको छ । मुख्यमन्त्री डोरमणि पौडेल, आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जम्कट्टेल र आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव विनोद सिंहले १३ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग जिल्लाको पछिल्लो वस्तुस्थितिका बारेमा जानकारी लिनु भएको हो ।

आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जम्कट्टेलका अनुसार समग्रमा तीन महिनाका लागि खाद्यान्न भण्डारण रहेको, गुणस्तरिय स्वास्थ्य सामग्री तथा मल र बिउको अभाव रहेको, काठमाडौबाट जिल्लामा जानेको चाप बढेको, संक्रमणको चुनौती रहेको, नेपाल प्रहरीको दरवन्दी थोरै रहेको, आयोजना सञ्चालन गर्न प्रष्ट निर्देशन नआएको, क्वारेन्टीन र आइसोलेसनमा बिरामीको चाप नरहेको, काठमाडौबाट फर्किका मजदुरको सहजीकरण गरिएको, रासन वितरण भइरहेको जानकारी प्रमुख जिल्ला अधिकारीले गराउनु भएको छ ।

प्रदेश सरकारबाट जिल्ला विपद व्यवस्थापन समितिका लागि पठाइएको रकम खर्च गर्न प्रष्ट कार्यविधि नभएकोले अप्ठयारो परेको प्रमुख जिल्ला अधिकारीले जानकारी गराउनु भएको छ । बिहान ८ बजेदेखि ११ बजेसम्म चलेको छलफलमा मुख्यमन्त्री पौडेलले प्रमुख जिल्ला अधिकारीबाट उठाइएका समस्या सम्बोधन गर्न प्रदेश सरकार गम्भिर रहेको जानकारी गराउँदै रासनमा भन्दा काममा प्राथमिकता दिन अनुरोध गर्नु भएको थियो । आयोजना सञ्चालनलाई प्राथमिकताका साथ अगाडि बढाउन पनि मुख्यमन्त्री पौडेलबाट निर्देशन भएको छ ।

Vim Bar Ek Chamcha Vim Sabi Bhanda Huncha Clean
bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top