२०८१, १२ बैशाख बुधबार

मृग मारेको आरोपमा दुई पक्राउ

डबली खबर     बैशाख ८ २०७७ ०८:३५

Two arrested on charges of hitting a deer in Nuwakot
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर – जिल्ला प्रहरी नुवाकोटले संरक्षित वन्यजन्तु मृग मारेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पञ्चकन्या गाउँपालिका वडा नम्बर ५ का राजकुमार अधिकारी र शिवपुरी गाउँपालिका-७ का प्रवेश गुणी रहेको डिभिजन वन कार्यालयले जनाएको छ ।

थप अनुसन्धान तथा कारबाहीको लागि आईतबार नुवाकोट जिल्ला अदालतबाट १५ दिनको म्याद थप गरी अभियुक्त दुईलाई हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।

जङ्गलबाट मृग समाती घरमा ल्याएर काटेको विशेष सूचनाका आधारमा प्रहरीले पक्राउ गरेको हो ।

 

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top