विदुर – कोरोनाभाइरसको बढ्दो संक्रमणका कारण जोखिममा रहेका एम्बुलेन्स चालकहरुलाई पिपिइ प्रदान गरिएको छ । पर्यटन व्यवसायी तथा नुवाकोट तेक्वान्दो संघका प्रमुख संरक्षक सुमन पाण्डेले नुवाकोट जिल्लाका एम्बुलेन्स चालकसहितलाई ७० थान पिपिइ प्रदान गरेका हुन् ।
नुवाकोट जिल्लामा कार्यरत एम्बुलेन्स चालक, स्वास्थ्यकर्मी तथा अन्य क्षेत्रका जोखिममा रहेका व्यक्तिहरुलाई सो पिपिइ हस्तान्तरण गरिएको हो । जिल्लाका २४ जना एम्बुलेन्स चालकलाई वितरण गरेर बाँकी रहेको पिपिइ पालिकास्तरमा रहेका स्वास्थ्यकर्मीलाई प्रदान गरिएको हो ।
जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङलाई तेक्वान्दो संघका प्रमुख प्रशिक्षक हरिहर पाण्डेमार्फत उक्त सामग्री उपलब्ध भएको थियो । एम्वुलेन्स चालकलाई वितरण गरेर बाँकी रहेको सबै पिपिइ तामाङसहितले आवश्यक क्षेत्रमा वितरण गरेको थियो ।
राष्ट्रिय आविष्कार केन्द्रका महाविर पुनले नेपालमै उत्पादन गरेका पिपिइ पर्यटन व्यवसायी पाण्डेलाई प्राप्त भएकोमा पाण्डेले गृह जिल्ला नुवाकोटमा सहयोग गरेको प्रमुख प्रशिक्षक पाण्डेले बताए ।
प्रतिक्रिया