२०८१, ११ बैशाख मंगलवार

लिखुमा ४ जना क्वारेन्टाइनमा, १८० स्वास्थ्य चेकजाँच

    बैशाख ६ २०७७ ०८:२७

nuwakot coronavirus covid19 update
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर – शुक्रबार लिखु गाउँपालिकाले निर्माण गरेको क्वारेन्टाइनमा ४ जनालाई राखिएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख सागर घिमिरेले जानकारी दिएका छन् । यस्तै विदेशबाट आएका थप १४ जना हाेम क्वारेन्टाइनमा बसेका छन् ।

जिल्लास्थित स्थानीय तहका विभिन्न स्वास्थ्यकेन्द्रमा १८० जनाको इन्फ्रा रेड थर्मो मिटरबाट स्वास्थ्य चेकजाँच गरिएको छ । जसमा जिल्ला अस्पताल (त्रिशुली) मा ६३, विदुर नगरपालिकामा २ र बेलकोटगढीमा १३ जनाको स्वास्थ्य चेकजाँच गरिएको छ । यस्तै,  लिखुमा १८, शिवपुरीमा ७, म्यागङ १०, तादी ११, सुर्यगढी १२, दुप्चेश्वर ३, तारकेश्वर २२, पञ्चकन्या २, ककनी ७,  र आर्युवेद १० जनाको स्वास्थ्य चेकजाँच गरिएको छ ।

कोरोनाभाइरस संक्रमण भएका बिरामीको उपचार र जोखिम कम गर्न १० वटा आइसोलेसन वार्ड र २७२ बेड क्वारेन्टाइन निर्माण भएको छ ।

एकैदिन १४ जनालाई कोरोना संक्रमण

नेपालमा एकैदिन १४ जनालाई कोरोना संक्रमण भएको छ । शुक्रबार थप १४ जनाको स्वाब परीक्षणमा कोरोना संक्रमण भएको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यो सँगै नेपाल ३० जना कोरोना संक्रमित भएका छन् ।

जसमध्ये उदयपुरमा १२ जना उदयपुरमा र २ जना चितवनमा कोरोना संक्रमण भेटिएको हो । उयदयपुरमा भारतीय नागरिक सहित १२ जनाको स्वाब परीक्षण रिपोर्टमा कोराना संक्रमण भएको पुष्टि भएको हो । यसैगरी चितवनको राप्ती नगरपालिकका ८ का आमा छोरामा कोरोना भएको पुष्टि भएको मन्त्रलायले जानकारी दिएको छ ।

 

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top