२०८१, १४ बैशाख शुक्रबार

विपद व्यवस्थापनको लागि राहत र स्वास्थ्य सामग्री हस्तान्तरण

    बैशाख ३ २०७७ १८:५०

rasuwa health equipment ppi gloves and hand sanitizer to donate dao rasuwa
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

रसुवा – कोरोनाभाइरस (कोभिड–१९) को प्रकोप प्रभावितहरूका लागि नेपाल कम्युनिष्ट पार्टी तथा संविधान सभा सदस्य जनार्दन ढकालले जिल्ला विपद् व्यवस्थापन समितिमा राहत सामग्री हस्तान्तरण गरेका छन् ।

जिल्ला प्रशासन कार्यालय धुन्चेमा मङ्गलबार वैशाख २ गते नेकपा अध्यक्ष कन्याल लामा र संविधानसभा सदस्य जनार्दन ढकालले संयुक्त रुपमा राहत सामग्री प्रमुख जिल्ला अधिकारी तथा जिल्ला विपद व्यवस्थापन समितिका संयोजक अर्जुन भण्डारीलाई हस्तान्तरण गरेका हुन् ।

पार्टीकातर्फबाट अध्यक्ष लामाले सर्जिकल माक्स ९ हजार थान र पन्जा २ हजार थान तथा संविधानसभा सदस्य जनार्दन ढकालले व्यक्तिगत रुपमा जिरा मसिनो चामल ४ सय बोरा, पिपिई १५ सेट, ह्याण्ड स्यानीटाइजर १६९ बोत्तल हस्तान्तरण गरेका छन् ।

राहत सामग्री बुझेर समन्यायिक, समानुपातिक तवरले पारदर्शी र विश्वासनिय ढंगबाट वितरण गरिने प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताए ।

नेपाल सरकारले राहतमा एकद्वार नीति अनुरुप लकडाउनको पालना गरी यसरी राहत वितरण स्थानीय सरकार तथा वडावडामा हुने विपद व्यवस्थापन समितिमार्फत भिडभाड नगरी वितरण गर्नु पर्ने जिल्ला समन्वय समितिका प्रमुख कुलप्रसाद भट्टले बताए ।

कार्यक्रममा नेकपा जिल्ला कमिटी सचिव ईन्द्र गौतम जगतजंङ्गले कोरोना भाइरस (कोभिड-१९) को महामारीबाट बच्न नेपालले गरेको लकडाउन अनुकरणीय रहेको र अझ कडाइका साथ सरकारको निर्णय पालना गरी घरमै सुरक्षित तवरले बस्नुपर्ने बताउँदै लकडाउनको उल्लङ्घन गरी केहीले गाउँमा भिडभाड जम्मा गरेर राहत वितरण गरेको बेठिक भएको बताउँनुभयो । उनले सबैलाई लकडाउनको पालना गरी कोरोनाभाइरससँग लडन समेत अनुरोध गरे ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top