२०८१, २३ बैशाख आईतवार

उद्योग वाणिज्य दिवसमा संघले दियो पाँच सय थान सर्जिकल मास्क

    चैत्र २८ २०७६ २०:२५

ncci nuwakot mask distribution in lockdown period coronavirus
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर – उद्योग वाणिज्य दिवसको अवसरमा नुवाकोट उद्योग वाणिज्य संघले जिल्ला स्वास्थ्य कार्यालयलाई पाँच सय थान सर्जिकल मास्क उपलब्ध गराएको छ । नेपालमा चैत्र २८ गतेका दिन उद्योग वाणिज्य महासंघ स्थापना मनाउंदै आएको छ ।

काेराेनाभाइरस संक्रमण राेकथाम र नियन्त्रणका लागि निरन्तर क्रियाशील स्वास्थ्यकर्मीहरुका लागि संघका अध्यक्ष ताराबहादुर कार्कीले उक्त स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो । अध्यक्ष कार्कीले कोरोना विरुद्धको अभियान साझा अभियान भएकाले सरकारी प्रयासहरुमा निरन्तर सहयोगीको भूमिकामा रहने प्रतिबद्धता जनाएका थिए ।

जिल्लामा प्राप्त हुने राहत सामाग्रीहरु वान डोर पोलिसीमार्फत् लिई जिल्लाका सबै स्थानीय तहहरुमा समानुपातिक ढंगले वितरण गरिने निर्णय भए बमोजिम जिल्ला स्वास्थ्य कार्यालयलाई सहयोग जुट्दै आईरहेको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top