विदुर – लक डाउनको समयमा मुहानमै सफा गर्ने गरी दैनिक उपभोग्य तथा अत्यावश्यक सामग्री बिक्री वितरण गर्ने ठुला व्यवसाय/व्यापारीहरुले सामाग्रीको अभाव देखाई गर्न सक्ने कालोबजारीलाई मध्यनजर गरेर बिहिबार सदमुकामका बजार अनुगमन गरिएको छ ।
नोभल कोरोनाभाईरस (कोभिड-१९) संक्रमणको विरुद्ध नेपाल सरकारद्वारा जारी भएको लकडाउनको समयमा खाद्य सामाग्रीको मौजाद र मृल्यवृद्धिको अवस्थाको बारेमा जानकारी लिन जिल्ला सुरक्षा समिति समुहले बजार अनुगमन गरेको छ ।
कोलेनी, त्रिशुली, ढुङ्गे, विदुर र बट्टार लगायतका स्थानहरुमा रहेका दैनिक उपभोग्य खाद्यान्न पसल, औषधी पसल, फलफूल तथा तरकारी पसल र ग्यास सिलिण्डर पसलहरुमा अनुगमन गरिएको प्रहरी प्रमुख अवीनारायण काफ्लेले जानकारी दिए ।
अनुगमनको क्रममा फलफूल तथा तरकारी, सर्जिकल मास्क, स्यानीटाईजर लगायतको साविकभन्दा केहि मूल्यवृद्धि भएको पाईएको थियो । खाद्यान्नमा मुल्य बृद्धिको कुरालाई लिएर केही पसलका सञ्चालकलाई स्पस्टीकरणसमेत सोधेको प्रहरी प्रमुख काफ्लेले जानकारी दिए ।
सर्वसाधारणले भने बजार अनुगमन होलसेल तथा ठुला पसलमा मात्र नभई उपभोक्ता सामु पुगेर बजार स्थिति बुझ्नपर्ने भनेर सामाजिक संजालमा पोस्ट गरेका छन् ।






























































प्रतिक्रिया