२०८१, १२ बैशाख बुधबार

आईतबारदेखि भरी ग्यास सिलिण्डर बिक्री गर्ने निगमको निर्णय

    चैत्र २७ २०७६ १०:३७

pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

काठमाडौं – नेपाल आयल निगमले आइतबारदेखि भरी ग्यास सिलिण्डर बिक्री वितरण गर्ने निर्णय गरेको छ । निगम सञ्चालक समितिको बुधबार बसेकोे बैठकले १४.२ किलो (पूरै भरी) को सिलिण्डर ग्यास बिक्री वितरण खुला गर्ने निर्णय गरेको हो ।

निगमका प्रवक्ता बिनितमणि उपाध्यायका अुनसार आजदेखि नै उद्योगीलाई पुरा ग्यास भर्न दिइने र आइतबारबाट भरी ग्यास सिलिण्डर बिक्री वितरण गर्न दिईनेछ ।

बजारमा ग्यासको अभाव सिर्जना भएको जनाई निगमले गत चैत १६ गते अपराह्न १ बजेदेखि आधा (७.१ किलो) को ग्यास सिलिण्डर बिक्री गर्न उद्योगलाई निर्देशन दिएको थियो ।

नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष गोकुल भण्डारीका अनुसार देशभरका ५९ ग्यास उद्योगमा करीब १० हजार मेट्रिक टन क्षमता रहेकामा हाल सबैको भण्डारगृह भरिएकाले एक सय बुलेटमा ग्यास राखिएको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top