२०८१, १६ बैशाख आईतवार

विदुर र लिखुमा किटनाशक औषधी छर्कियो

    चैत्र १६ २०७६ १०:४६

corona aaushadhi bidur ward 9
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर – कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण न्यूनीकरण गर्न विदुर नगरपालिका र लिखु गाउँपालिकाका विभिन्न क्षेत्रमा किटनाशक औषधी छर्किएको छ ।

आज विदुर नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष शनि चित्रकारको पहलमा स्थानीय युवाहरुको साथमा आगुंटार क्षेत्रका  सडकमा ५ सय लिटरको किटनाशक औषधि छर्केका छन् । वडाध्यक्ष चित्रकार आफैले नै कोरोना भाइरसको संक्रमण फैलन नदिन किटनाशक औषधी छर्केका हुन् । त्यस्तै, हिजो शनिबार कोलोनी, हात्तिगौंडा, अस्पताल क्षेत्र, डिहीबजार, राईसिङका क्षेत्रकामा औषधी छर्केका थिए ।

मानिसको बढी भीडभाड हुने स्थलमा कोरोना भाइरस (कोभिड-१९) को उच्च जोखिम रहने हुदा संक्रमण न्यूनीकरण गर्न एक हजार लिटर किटनाशक औषधी छर्किएको वडाध्यक्ष चित्रकार बताए ।

शुक्रबारबाट लिखु गाउँपालिका वडा नम्बर ४ का स्थानीय युवाहरुले वडाक्षेत्रका वडा नम्बर ४ को वडा कार्यालय, तल्लो बगैँचा, माथिल्लो बगैँचा, क्षेत्रपाल मावि, तल्लो बजार र स्वास्थ्य चौकी लगायतका स्थानहरुमा किटनाशक औषधी छर्किएको स्थानिय रामचन्द्र अगस्तीले जानकारी दिए ।

त्यस्तै, बुधबार विदुर नगरपालिकाका बट्टारका स्थानीय युवाहरुले सङमचोक, तल्लो बजार, दम्की, हावाघर, पुरानो बजार लगायतका स्थानहरुमा किटनाशक औषधी छर्केका थिए ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top