sujim bazar advert

आइतबारबाट पूरा भरिएको ग्यास सिलिण्डर बिक्री गर्न नपाइने

    चैत्र १५, २०७६

Sizen Education Consultancy Pvt. Ltd.

Nepal LPG Gas Industries
Big Education Consultancy Nuwakot
Dengue Notice PHO Nuwakot

काठमाडौँ – आइतबार दिउँसोदेखि आधा भरिएको ग्यास सिलिण्डरमात्र बिक्री गर्न पाइने नेपाल आयल निगमले जनाएको छ । निगमले आज जारी गरेको सूचना अनुसार भोलि दिउँसो १ बजेसम्म मात्र पूरा भरिएको ग्यास बिक्री गर्न पाउने छन् । आइतबार दिउँसोबाट ७.१ केजी ग्यास भरिएको सिलिण्डरमात्र बिक्री गर्न पाइने भएको हो ।

निगमका प्रवक्ता बिनितमणि उपाध्यायका अनुसार ग्यास बिक्रेता/डिष्ट्रिब्यूटर्स कहाँ मौज्दात भएको १४.२ केजी ग्यास भरिएको सिलिण्डर आइतबार १ बजेसम्म बिक्री गरिसक्नु पर्ने तथा सो ग्यास बिक्री नभएको अवस्थामा सम्बन्धित ग्यास उद्योगमा फिर्ता पठाइसक्नु पर्नेछ ।

‘भोलि १ बजे पछाडि १४.२ केजीको सिलिण्डर मौज्दात पाइएमा प्रचलित कानून अनुसार कारवाही हुनेछ’- प्रवक्ता उपाध्यायले बताए । सम्पूर्ण ग्यास बिक्रेता/डिष्टीबयूटर्सले दैनिक सुरुवाती र प्राप्त हुने/भएको ग्यासको विवरण सर्वसाधारणले देख्ने गरी ग्यास बिक्री स्थलमा टास्नु पर्ने निगमद्वारा जारी सूचनामा उल्लेख छ ।

निगमबाट अर्को व्यवस्था वा निर्देशन नभएसम्मका लागि ग्यास व्यवसायीहरुले एकआपसमा सहमति गरी एक अर्काको उद्योगको सिलिण्डर रिफिल गरी गुनासोरहित ढंगबाट सहज, सरल र समानुपातिक तवरबाट बिक्री गर्ने व्यवस्था मिलाउन सक्ने समेत सूचनामा उल्लेख छ ।

Vim Bar Ek Chamcha Vim Sabi Bhanda Huncha Clean
bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top