२०८१, १६ बैशाख आईतवार

स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर औषधि पसल खोल्न संघको अपिल

    चैत्र १४ २०७६ १७:५६

nepal medicine nuwakot chapter press release
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर – नेपाल औषधि व्यवसायी संघ नुवाकोट जिल्ला शाखाले विश्वभर फैलि रहेको नोभेल कोरोना भाईरस (कोभीड-१९) को संक्रमणले उत्पन्न गरेको विकराल परिवेशलाई ध्यानमा राखी नुवाकोटमा उच्च सतर्कता अपनाउन नेपाल सरकारले गरेका निर्णयहरुप्रति एक्यवद्धता जनाएको छ ।

शाखाले वैदेशिक रोजगार तथा प्रकोपजन्य देशहरुबाट घर आएकाहरु नै होस्ट हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै यस रोग हुर्कने अवधि १४ दिनसम्म घरमा सुरक्षित तवरले रहन र त्यो पनि नसक्नेले जिल्लास्थित १२ वटै पालिकाले व्यवस्था गरेको क्वारेन्टाइनमा राख्न उत्प्रेरित गर्नुका साथ खोज र जाँचबाट शंकास्पद बिरामीहरुलाई सावधानीपूर्वक जिल्ला अस्पतालमा रहेको आइसोलेशनमा पठाउन सबैको दायित्व भएकोले जिल्लास्थित संघका सदस्य र जिल्लाबासीमा अपिल गरेको छ ।

शाखाले सम्पूर्ण व्यवसायीले आधारभूत स्वास्थ्य सेवा, उपचारात्मक सेवाका साथै फार्मेसी सेवा दिदै आएकोमा विषम परिस्थितिमा संयमता, धैर्यता र विनम्रतापूर्वक आफ्नो स्वास्थ्य सुरक्षा विधी अपनाएर अत्यावश्यक सेवामा औषधि पसल नियमित  सन्चालन गर्न अपिल गरेको छ ।

साथै जिल्लास्थित सम्पूर्ण सम्बन्धित व्यवसायी एवं फर्मासिष्टहरुलाई व्यवसायिक क्षेत्रमा जाँदा परिचय खुल्ने व्यवसायीक परिचय कार्ड अनिवार्य बोक्न अनुरोध गरिएको संघका जिल्ला अध्यक्ष टलकमान श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top