२०८१, ११ बैशाख मंगलवार

दुई हजार मास्क तयार गर्दै सुट दरबार टेलरीङ सेन्टर

    चैत्र ११ २०७६ १४:३३

mask made suit durbar tailoring center nuwakot
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर – बजारमा मास्कको अभाव चुलिँएपछि नुवाकोटको बट्टारमा पुनः प्रयोग गर्न सकिने मास्क बनाउन सुट दरबार टेलरीङ सेन्टर लागि परेको छ ।

नोभेल कोरोना भाइरस (कोभिड-१९) को सङ्क्रमण विश्वव्यापी भएसँगै नुवाकोटमा पनि मेडिकेटेड मास्कको अभाव हुन थालेपछि विदुर नगरपालिका-२ बट्टार संगमचोकमा रहेको सुट दरबारले पुनः प्रयोग गर्न सकिने मास्क बनाउन थालेका हुन् ।

अहिले स्थानीय बजारमा मास्कको चर्को अभाव देखिएको छ । सुट तयार गर्नुको सट्टा बजारमा अभाव भइरहेको मास्क बनाउने कार्यमा लागेको सुट दरबारका संचालक पूर्णमान कुमार श्रेष्ठले बताए ।

‘लक डाउन’मा समयलाई सामाजिक तथा उत्पादनमूलक कार्यमा व्यतित गर्दै बजारमा अभाव भइरहेको मास्कको बनाउन लागिएको श्रेष्ठले बताए । स्थानीय कपडा पसलमा पाइने हरियो कपडाको मास्क दुई हजार वटा तयार गर्न लागेको हो । मास्क बजारमा आएपछि यहाँका उपभोक्ताले केही राहत महसुस गर्ने बताए ।

बजारमा अभाव रहेको मास्कको अभावलाई सहज गराउन मास्क प्रतिमास्कको मूल्य रु २० निर्धारण गरिएको छ । लागत मूल्यमा मुनाफा नराखी मास्कको बजार मूल्य निर्धारण गरिएको उनको भनाइ छ । यसअघि बजारमा मास्कको अभाव चुलिँदा अधिकतम मुल्य ७० रुपैंयाँ पुगेको थियो ।

सामाजिक क्षेत्रमा अब्बल रहेका श्रेष्ठ नुवाकोट रक्तदाता समुह, सामाजिक संजाल सामर्थ्य नुवाकोट, दारी ग्यांग नुवाकोट, नुवाकोट सेरोफेरो लगायतमा आबद्ध छन् ।

साथै केहि दिन अगाडी युवाहरु मिलेर १०० लिटरको सेनिटाईजर उत्पादन गरि पन्चकन्या गाउँपालिका र स्थानीय बजारमा बिक्रि गरेको थियो ।बजारको माग अनुसार आज मात्रै थप २५ लिटरको सेनिटाईजर उत्पादन गरी बिक्रिको तयार गरिएको छ । १०० मिलिलिटरको पचास, २०० को एक सय र ५०० को तीन सय रुपैँयाँ मुल्य रहेको छ ।

नुवाकोटको सुट टेलरीङको बजारमा प्रख्यात मध्ये एक हो, सुट दरबार टेलरीङ सेन्टर ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top