२०८१, १५ बैशाख शनिबार

भिटामिन ‘ए’ र जुकाको औषधि कात्तिक २ र ३ गते खुवाइने

    आश्विन २८ २०७६ ११:२९

vitamin a np nepal
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर – सरकारले आगामी कात्तिक २ र ३ गते देशभरका बालबालिकालाई भिटामिन ए खुवाउने भएको छ ।

सरकारले राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमको पहिलो चरणमा ७५३ वटै स्थानीयतहमा ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई भिटामिन ‘ए’ र १ वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउने भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उक्त दुई दिन राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम गर्ने निर्णय गर्दै समन्वयका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार समेत गरेको छ ।

सरकारले अघिल्ला वर्षमा जस्तै यसवर्ष पनि शीघ्र कुपोषणको एकीकृत व्यवस्थापन कार्यक्रम लागु भएका जिल्लाहरुमा पाँच वर्षमुनिका बाल बालिकाहरुको पोषण अवस्था परीक्षण गरी ६ देखि २३ महिनाका बाल बालिकाहरुलाई बहुसूक्ष्म पोषक तत्त्व बालभिटा समेत वितरण गर्ने जनाएको छ ।

बालबालिकालाई भिटामिन ‘ए’, जुकाको औषधि र बालभिटा वितरणका लागि पालिका तथा पालिका मातहतमा रहेका निकाय खटिनेछन् ।

परिवार कल्याण महाशाखाका अनुसार ६ महिनादेखि ५ बर्षसम्मका २७ लाख ६८ हजार ५४० जना बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै छ । यस्तै, १ वर्षदेखि ५ वर्ष उमेरका २३ लाख ५६ हजार ८४३ लाख बालबालिकालाई जुकाको औषधि खुवाइने छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top