२०८१, १५ बैशाख शनिबार

मदिरा व्यवसायीमा बोगटी

डबली खबर     श्रावण १ २०७९ १९:०४

raju chhetri nuwakot madira 2079
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर – नुवाकोट मदिरा व्यवसायी संघको अध्यक्षमा राजु बोगटी निर्विरोध निर्वाचित भएका छन् ।

आईतबार भएको संघको तेस्रो अधिवेशनले बोगटीको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चयन भएको छ । अध्यक्षमा नवनिर्वाचित युवा व्यवसायी बोगटी नुवाकोटका लागि अर्ना बियर, बर्डवाईजर, हेवार्ड्सलगायतका आधिकारिक बिक्रेता हुन् ।

नवनिर्वाचित पदाधिकारीहरु

संघको प्रथम उपाध्यक्षमा हरिकृष्ण डंगोल, द्वितीय उपाध्यक्षमा प्रकाश प्याकुरेल, महासचिवमा पूर्णलाल श्रेष्ठ, सचिवमा अच्युत थापामगर र कोषाध्यक्षमा भानु पाण्डे चयन भएका छन् ।

यस्तै, सदस्यमा भरत पुलामी मगर, गोकर्ण पुडासैनी, मनिष नगरकोटी, पुरुषोत्तम खाती, हरिचन्द्र श्रेष्ठ, प्रमोदभक्त श्रेष्ठ, निरोजमान श्रेष्ठ, जगत कोइराला र केदार दाहाल रहेका छन् ।

अध्यक्ष बोगटीले मदिरा उत्पादन, बिक्रीवितरण र सेवनलाई मर्यादित बनाउन आफुहरु पनि सकारात्मक रहेको बताए ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top