२०८१, १२ बैशाख बुधबार

मदिरा व्यवसायीको ध्यानाकर्षण

डबली खबर     जेष्ठ ५ २०७७ १३:४६

madira enterprises
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर – नुवाकोट मदिरा व्यवसायी संघले विधिवत रुपमा व्यवसाय संचालन गर्न सोमबार प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।

कोभिड-१९ को प्रकोप न्यूनीकरण गर्नको लागि जारी गरिएको लकडाउनको मदिरा व्यवसायी मर्कामा परेको र उचित मापदण्ड पुर्याई सहज रुपमा व्यापार गर्न पाउनको लागि संघका अध्यक्ष कविन्द्रमान प्रधानले प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेललाई ध्यानाकर्षण पत्र बझाएका हुन् ।

ध्यानाकर्षण पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी पोखरेलले लकडाउनको समयमा अत्यावश्यक सेवा तथा सामग्रीमा मदिरा नपर्ने भएकोले सरकारको अर्को निर्देशन नहुन्जेलसम्म बिक्रि वितरण नगर्न र नगराउन निर्देशन दिएका छन् । जिल्लामा कोरोनाभाइरसको महामारी भित्रन नदिन व्यवसायीहरु एक्यबद्ध भइ सरकारबाट जारी भएको निर्देशनको पालना गर्नुपर्ने बताए । जिल्लाभित्रने नाकामा खाद्यान्न बोक्ने मालबाहक सवारीसाधन तथा अन्य अत्यावश्यक सवारीसाधनमा स्वचालित स्यानिटाइजेसन स्टेसन जडान गर्न लाग्नुपर्ने बताए ।

संघका अध्यक्ष प्रधानले मदिरा व्यवसाय बन्द हुँदा अवैध घरेलु मदिराको बिक्री वितरण बढ्न गई कृषिजन्य अन्नको खपत बढी खाद्यान्नमा कमि हुन जाने जोखिमलाई न्यूनीकरण गर्न र अवैध मदिराबाट राज्यले ठुलो परिमाणमा राजश्व गुमाई रहेको हुनाले अनुकुल वातावरण बनाई बिक्रि वितरणको लागि ध्यानाकर्षण पत्र बुझाएको बताए ।

अर्बौ रुपैंयाँ लगानी गरि संचालन गरेको व्यवसायीले बैंकको ऋण, ब्याज, कर्मचारी तलब, घरभाडा लगायतका नियमित खर्च तिर्न नसकी व्यवसायीहरु धरासायी बनेको हुनाले व्यवसायी र उक्त व्यवसायमा आबद्ध कर्मचारी, मजदुरको समस्यालाई मध्यनजर गर्दै उचित मापदण्डमा तोकेर व्यवसाय संचालन गर्न पाउनुपर्ने पत्रमा उल्लेख छ।

किराना पसल र विभिन्न मार्टले खुलेआम मदिरा बिक्रि वितरण गरको हुदाँ राज्यले मदिरा व्यवसायीलाई मात्र वन्चित गर्न नमिल्ने र अत्याधिक राजश्व तिर्ने व्यवसाय भएकोले व्यवसायलाई निर्वाध रुपमा संचालन गर्न पाउनुपर्ने उल्लेख गरिएको छ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top